मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी राष्ट्रपति वाइडेनले टिकटकमा खाता खोलेपछि सुरक्षा बहस सुरू

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमा आफ्नो खाता खोलेका छन्, जुन अमेरिकी सुरक्षा अधिकारीहरूका लागि चिन्ताको विषय बनेको छ।

अमेरिकी सञ्चारमाध्यमले चिनियाँ एपहरूलाई सुरक्षाको दृष्टिकोणले राम्रो नमानिएको अवस्थामा राष्ट्रपति वाइडेनले नै टिकटकमा खाता खोले पछि सुरक्षा बहस सुरू भएको जनाएका छन ।

सुरक्षाका कारण देखाउँदै भारतसहित धेरै देशमा टिकटक प्रतिबन्धित रहेको छ । चिनियाँ एपहरू प्रायः प्रयोगकर्ताको डाटा चोरेको आरोप लगाइदै आइएको छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति टिकटकमा आउनु चिन्ताको विषय भएको अमेरिकन सुरक्षा अधिकारीहरूले जनाएका छन, उनीहरूले राष्ट्रपति वाइडेनलाइ यसबारेमा सचेतसमेत बनाइरहेका छन ।

गत आइतवार मात्रै जो बिडेनले टिकटक खोलेका थिए र लगत्तै भिडियोसमेत साझा गरेका थिए । सो भिडियोमार्फत अमेरिकन युवाहरुलाई आकर्षित गर्ने प्रयास गरिएको जनाइएको छ । सञ्चारमाध्यमका अनुसार टिकटकको मद्दतले नयाँ मतदाताहरूसँग जोडिन प्रयासमा वाइडेन लागेको जनाइएको छ किनभने अमेरिकामा नोभेम्बरमा चुनाव हुन लागेको छ ।

राष्ट्रपति जो बाइडेनले मतदातालाई आकर्षित गर्न चुनावी अभियान चलाइरहेका छन्, सोही क्रममा उनले टिकटक खोलेको धेरैको बुझाइ रहेको छ किनभने टिकटक अमेरिकामा निकै लोकप्रिय मानिएको छ । १८ देखि ४० वर्ष बीचका प्रयोगकर्ताहरू यस एपसँग धेरै जोडिएका छन्। यी सबै प्रयोगकर्ताहरू अमेरिकाका युवा र नयाँ मतदाता हुन्। यस्तो अवस्थामा चुनावी अभियानलाई अझ राम्रो बनाउन राष्ट्रपति बिडेन टिकटकमा जोडिएको धेरैको बुझाइ छ ।

यसैबीच सुरक्षा अधिकारीहरूको लागि चिन्ताको विषय हो। चिनियाँ एपमाथि डाटा चोरी गरेको आरोप लागेको छ । वासिङ्टनले यस विषयमा बेइजिङलाई शंकाको दृष्टिले हेर्दै आएको छ। राष्ट्रिय सुरक्षा परिषद्का अधिकारी जोन किर्बीले भने, ‘यो एप सुरक्षित छैन।’

यस विषयमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पिरीले पनि भने कि टिकटक बाइटडान्स कम्पनीको एप हो। कम्पनीले यस विषयमा सँधै अस्वीकार गर्दै आए पनि यस एपमार्फत प्रचार प्रसार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?