मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज भएको छ । बैशाख १४ गते रिलिज हुने सिनेमाको बुधबार आज फस्टलुक पोस्टर रिलिज भएको हो ।

सार्वजनिक पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ ।

आकर्षक पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त महिलाको अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमालाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । सिनेमाको निर्मातामा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

सिनेमामा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो सिनेमा टिफल्क फिल्मसले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?