काठमाडौं- श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का पाठ्यक्रम लागू गर्ने भएको छ ।
कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने श्रीलङ्का सरकारको सूचना विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया