मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्शद र मारियाले २५ वर्षपछि किन गरे विवाह दर्ता ?

काठमाडौं – अर्शद वारसी र मारिया गोरेटी बलिउडका चर्चित जोडीमध्ये एक हुन् । दुवैले एकअर्कालाई प्रेमको वर्षा गर्ने कुनै मौका छोड्दैनन् । अर्शद र मारियाको विवाह २५ वर्ष भइसकेको छ ।

उनीहरु दुवैले सन् १९९९ फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेमा विवाह गरेका थिए । अचम्मको कुरा के छ भने दुवैले अहिलेसम्म आफ्नो विवाह दर्ता गरेका थिएनन् । तर, अहिले २५ वर्षपछि यी जोडीले विवाह दर्ता गरेका छन् ।

बलिउड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रूपमा विवाह दर्ता गराएका छन् ।

हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्त्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन् । उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन् । ‘हामीले कानुनका लागि गरेका हौँ । मलाई लाग्छ कि भागीदारका रूपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्त्व राख्छ’, उनले भनेका छन् ।

उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन् । ‘मलाई आफ्नो विवाहको मिति अरू कसैलाई सुनाउन घृणा लाग्छ, किनकि यो निकै घटिया लाग्छ । मारिया र म यो कुरामा लज्जित हुन्छौँ । यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौँ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?