मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता ब्रह्मानन्दम २५ वर्षपछि बलिउडमा कमब्याक गर्दै

काठमाडौं । बलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमब्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमब्याक गरेका थिए ।

ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमब्याक गर्न लागेका हुन् । यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन् । फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन् । उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन् ।

फिल्ममा जी अशोकको निर्देशन रहनेछ । फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन । फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ब्रह्मानन्दले अमिताभ बच्चन अभिनीत फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए ।

उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ । ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठुलो योगदान छ । उनले कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् ।

उनले सयौँ फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?