मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक

काठमाडौं – फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले मंगलबार आगामी फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरेका हुन् ।

खड्काको निर्देशन तथा अभिनय रहेको फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।

यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल(भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गर्छ । ट्रेलरमा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बाको पनि अभिनय छ ।

यो फिल्म फागुन २५ गते थिएट्रिकल प्रदर्शनको तयारीमा छ । निर्माता तथा निर्देशक खड्काका अनुसार फिल्मलाई सामना फिल्म्स प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेका हुन् । सत्यकला राई कार्यकारी निर्मात्रीको रुपमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?