मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्रकार मनऋषि धितालका ६ पुस्तक एकैपटक सार्वजनिक

काठमाडौं – पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच सार्वजनिक गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताए । उनले पुस्तकको सफलताको शुभकामना दिए।

पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ आज सार्वजनिक गरिएका हुन् । उनको यसअघि ‘गुफाप्रेसका चिठ्ठी’ पुस्तक प्रकाशित भइसकेको छ । सो अवसरमा अर्का लेखक एवं भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत प्रधानमन्त्री दाहालले सार्वजनिक गरे ।

लेखक धितालले जनयुद्धकालको स्मरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको जानकारी दिए । लेखक एवं भाषा आयोगका अध्यक्ष ठाकुरले जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध उभिन खोज्नेका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताए । उनको पुस्तकमा १३ कथा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?