मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोन १६ सिरिजको चर्चा, देखिन सक्छन् यस्ता परिवर्तनहरू 

काठमाडौँ– हालै मात्र आईफोन १५ सिरिज सार्वजनिक एप्पलले यसै वर्षको अन्त्यमा आउने आईफोन १६ को बारेमा पनि केही विवरणहरू देखा पर्ने क्रम देखिएको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरुले आईफोनको नयाँ सिरिजका विभिन्न भेरियन्टहरूमा ब्याट्री डिजाइन र क्षमतामा महत्त्वपूर्ण परिवर्तनहरू हुने बताएका छन् ।

यो परिवर्तनको बारेमा कुनै पनि विशेष कारण भने अझसम्म नखुलाइएको उनीहरुले उल्लेख गरेका छन् । 

साथै बोर्ड भरी नै महत्वपूर्ण तवरले ब्याट्री क्षमतामा वृद्धि गरिने सुझाव दिएको छ । स्ट्याण्डर्ड आईफोन १६ ले ३,५६१ एमएएचको ब्याट्री समावेश गर्ने कुराहरू बाहिर आएका छन् । 

यस्तै आईफोन १६ प्लसले ४,००६ एमएएच सेल समावेश गर्न सक्ने जनाइएको छ । त्यसैगरी फ्ल्यागशिप मोडल, आईफोन १६ प्रो म्याक्समा भने ४,६७६ एमएएच ब्याट्री देख्न सकिने सम्भावना रहेको छ । 

आधारभूत आईफोन १५ मा हाल ३,२७९ एमएएच ब्याट्री रहेको छ भने प्रो म्याक्समा ४,३५२ एमएएच समावेश गरिएको छ । 

बाहिरिएका खबर अनुसार यी वृद्धिहरू सही भएको खण्डमा भने, वृद्धिहरूले स्क्रिन–अन समय र समग्र युजर एक्सपिरियन्सलाई फाइदा पुग्ने छ ।

यसका साथै आईफोन १६ सिरिजले अब आईफोन ११ प्रो बाट सुरु भएको डिजाइन प्रवृत्तिको अन्त्य गर्दै, एक मेजर रिडिजाइन गर्ने अपेक्षा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?