काठमाडौँ– हालै मात्र आईफोन १५ सिरिज सार्वजनिक एप्पलले यसै वर्षको अन्त्यमा आउने आईफोन १६ को बारेमा पनि केही विवरणहरू देखा पर्ने क्रम देखिएको छ ।
अन्तर्राष्ट्रिय मिडियाहरुले आईफोनको नयाँ सिरिजका विभिन्न भेरियन्टहरूमा ब्याट्री डिजाइन र क्षमतामा महत्त्वपूर्ण परिवर्तनहरू हुने बताएका छन् ।
यो परिवर्तनको बारेमा कुनै पनि विशेष कारण भने अझसम्म नखुलाइएको उनीहरुले उल्लेख गरेका छन् ।
साथै बोर्ड भरी नै महत्वपूर्ण तवरले ब्याट्री क्षमतामा वृद्धि गरिने सुझाव दिएको छ । स्ट्याण्डर्ड आईफोन १६ ले ३,५६१ एमएएचको ब्याट्री समावेश गर्ने कुराहरू बाहिर आएका छन् ।
यस्तै आईफोन १६ प्लसले ४,००६ एमएएच सेल समावेश गर्न सक्ने जनाइएको छ । त्यसैगरी फ्ल्यागशिप मोडल, आईफोन १६ प्रो म्याक्समा भने ४,६७६ एमएएच ब्याट्री देख्न सकिने सम्भावना रहेको छ ।
आधारभूत आईफोन १५ मा हाल ३,२७९ एमएएच ब्याट्री रहेको छ भने प्रो म्याक्समा ४,३५२ एमएएच समावेश गरिएको छ ।
बाहिरिएका खबर अनुसार यी वृद्धिहरू सही भएको खण्डमा भने, वृद्धिहरूले स्क्रिन–अन समय र समग्र युजर एक्सपिरियन्सलाई फाइदा पुग्ने छ ।
यसका साथै आईफोन १६ सिरिजले अब आईफोन ११ प्रो बाट सुरु भएको डिजाइन प्रवृत्तिको अन्त्य गर्दै, एक मेजर रिडिजाइन गर्ने अपेक्षा समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया