मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रोग हो डाउन सिन्ड्रोम ? यस्ता छन् यसका लक्षणहरु

काठमाडौं- डाउन सिन्ड्रोम रोग नभएर एक जन्मजात अवस्था हो । यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो जुन जन्मजात बच्चासँगै आएको हुन्छ ।

डाउन सिन्ड्रोम भएका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ । डाउन सिन्ड्रोमको अवस्थामा मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा बढी क्रोमोजोम हुने गर्दछ ।

क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ ।

डाउन सिन्ड्रोम विशेषज्ञ डा. ललिता जोशी भन्नुहुनछ यो एउटा जन्मजात जेनेटिक क्रोम्रोजोमनल डिफेक्ट हो जसमा बौदिक तथा शारीरीक दुबै त्रुटिहरु आउँछन् ।

सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन्।् तर डाउन सिन्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन् । यो एउटा बढी क्रोमोजोम २१औं जोडीका रुपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।

यस्ता छन् यसका लक्षणहरु

–डाउन सिन्ड्रोम भएका बच्चाहरु जन्मँदा अरु सामान्य बच्चासरह नरुने दश पन्ध« दिनपछि मात्रै रुने गर्दछन् ।
–तौल कम हुने
–जोर्नीहरु, मांसपेशीहरु खुकुलो हुने
–हात र खुट्टाको पाखुरा र पिडौँलाको लम्बाइ छोटो हुने, उचाइ कम हुने
–शारीरिक तथा मानसिक विकासमा सुस्तता अर्थात मन्द हुने
–हाडजोर्नी खुकुलो र फितलो जिउ हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?