मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विपिनको ‘तेल भिसा’मा कलाकार बन्ने अवसर

काठमाडौँ – तपाईँलाई अभिनयको भोक छ भने विपिन कार्कीको  ‘तेल भिसा’ त्यसको अवसर बन्न सक्छ । कार्की सहित वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे लगायतको अभिनय रहने यो फिल्मको अझै केही कलाकार फाइनल हुन बाँकी छन् ।

फलतःनिर्माण युनिटले आवश्यक कलाकार छनौट गर्न अमेरिकामा अडिसन आह्वान गरेको छ । फिल्मको धेरै छायाङ्कन अमेरिकामा गरिने भएकोले त्यही अडिसन मार्फत कलाकार छान्न लागिएको हो ।

उक्त अडिसनमा फरक–फरक वर्ण र विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी सहभागी हुन सक्ने निर्माण पक्षले जनाएको छ ।  त्यसका लागि अमेरिकाको बसोबासी,कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा तथा भेषभूषाको समेत राम्रो ज्ञान हुनुपर्ने सर्त राखिएको छ ।

इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमेलमा फोटो र बायोडाटा पठाउनुपर्नेछ ।

शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्मको चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायाङ्कन सुरु हुने छ । फिल्मको ३० प्रतिशत मात्र नेपालमा छायाङ्कन हुने छ ।

बाँकी छायाङ्कन अमेरिकाकै विभिन्न राज्य र शहरमा हुने बताइएको छ । फिल्म सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियशनको सहकार्यमा निर्माण हुन लागेको हो ।

फिल्मको अमेरिकास्थित मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क र वासिङटन डिसीमा ७० प्रतिशत र बाँकी ३० प्रतिशत नेपालमा खिचिनेछ । फिल्ममा विपिन बाउछोराको दोहोरो भूमिकाम देखिने छन् ।  विदेशमा गएर त्यहीँ स्थापित हुने क्रमले नेपाली समाजको बदलिँदो स्थितिलाई फिल्मको कथावस्तुका रूपमा प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?