मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको स्मार्टफोन हरायो, यसरी फेला पार्न सकिन्छ 

काठमाडौँ– हरेक व्यक्तिले आजभोलि स्मार्टफोन चलाउने गर्दछन् । कतिपय अवस्थामा हामी हाम्रो फोन चिया पसल, खाजा खाने ठाउँ लगायतका स्थानमा बिर्सिन सक्छौ भने कतिपय अवस्थामा चोरी भएर नै हराउन सक्छ । त्यस्तो अवस्थामा गुगलले करिब १० वर्ष अघि नै गुगलले ‘फाइन्ड माई डिभाइस’ भन्ने एप र फिचर ल्याएको थियो । 

गुगलको यो एप मार्फत अफलाइन भएको अवस्थामा समेत हराएको डिभाइसको लोकेसन फेला पार्न सकिने दाबी गरेको छ । 

एन्ड्रोइडका लागि मात्र उपलब्ध यो एपको सहायताले हराएको डिभाइसको सबै डेटा मेटाउन, लक गर्न, ठूला ठूला भवनहरूमा कतै छुटेको छ भने फेला पार्न सकिन्छ । तर कतिपयलाई यसको प्रयोग गर्न आउँदैन । 

आज हामी तपाईँलाई यो एपसम्बन्धी केही टिप्सहरू दिँदैछौ, जसका सहयोगमा तपाईँले आफ्नो हराएको फोन फेला पार्न सक्नुहुन्छ । 

‍- सबैभन्दा पहिले मोवाइलमा ‘फाइन्ड माई डिभाइस’ एप इन्स्टल गर्ने ।

– त्यसपछि एपलाई खोली ‘साइन एज गेस्ट’ बटनमा ट्याप गरी तपाईँले जुन डिभाइस पत्ता लगाउन खोज्नु भएको हो, त्यही डिभाइसको गुगल अकाउन्ट राखेर लगइन गर्ने ।

– त्यसमा तपाइले आफ्नो हराएको डिभाइसमा ट्याप गर्ने । त्यसपछि म्याप्समा उक्त डिभाइस कहाँ छ भन्ने लोकेसन देखिन्छ । तर डिभाइस अनलाइन छ भने वास्तविक ठाउँको डेटा दिन्छ । अफलाइन छ भने पछिल्लो पटक अनलाइनमा हुँदा डिभाइस जुन लोकेसनमा थियो त्यही लोकेसन देखिन्छ ।

– यसपछि डिभाइसको नाम पछाडि रहेको सेटिङको अप्सनमा ट्याप गर्नुहोस् । त्यसमा ट्याप गर्दा फ्याक्ट्री रिसेट गर्न सकिन्छ । फ्याक्ट्री रिसेटे गरेपछि तपाईँको हराएको डिभाइसको डेटा सबै गायब हुन्छ ।

– त्यस्तै प्ले साउन्डको अप्सनमा ट्याप गर्दा हराएको डिभाइसमा साउन्ड बज्छ । सेक्युअर डिभाइसमा ट्याप गर्दा डिभाइस लक हुन्छ । यदि लक राखिएको छैन भने नयाँ लक पनि राख्न सकिन्छ ।

– त्यस्तै डिभाइसमा मेसेज वा आफ्नो सम्पर्क विवरण पनि राख्न सकिन्छ । यस्तो गर्दा लक स्क्रिनमै तपाईँको सम्पर्क नम्बर र तपाईँले छोड्नु भएको मेसेज देखिन्छ । 

– हराइसकेको फोनमा भएको कुनै पनि डेटा फोन फेला पार्ने व्यक्तिले दुरुपयोग नगरोस् भन्ने चाहनुहुन्छ भने पनि यो टुल निकै उपयोगी हुन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?