मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२५ वर्षपछि बलिउडमा फर्कँदै ब्रह्मानन्दन

काठमाडौँ – दक्षिण भारतीय सिने उद्योगमा ‘कमेडी किङ’का रूपमा परिचित अभिनेता ब्रह्मानन्दम २५ वर्षपछि बलिउडमा फर्कँदै छन् ।

अमिताभ बच्चन अभिनीत फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा ‘डेब्यू’ गरेका उनी यस पटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा ‘कमव्याक’ गर्न लागेका हुन् ।

गुरुले ‘हिरो’का रूपमा ‘डेब्यू’ गर्न लागेको यो फिल्ममा  ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन । 

जी अशोकको निर्देशनमा बन्ने यो फिल्ममा  सई मान्जरेकर अभिनेत्रीका रूपमा हुनेछिन् । उनले यसअघि  ‘मेजर’ र ‘स्कन्द’ जस्ता सफल फिल्म दिइसकेकी छिन् । 

ब्रह्मानन्दमको कुरा गर्ने हो भने लामो समयपछि हालै उनले टलिउडमा पनि ‘कमव्याक’ गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड ‘कमव्याक’ गरेका हुन् ।

ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठूलो योगदान छ । उनले कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले सयौँ फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?