मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँलाई थाहा छ, सामसङको अर्थ के हो ?

काठमाडौँ– हामी धेरैले सामसङको उत्पादन प्रयोग गर्ने गरेका छौ । सामसङ विश्वकै ठूलो फोन निर्मातामध्ये एक हो । 

कुनै समयमा स्मार्टफोन उत्पादन तथा वितरणका सन्दर्भमा सामसङको नाम शीर्ष स्थानमा थियो । तर, के तपाईँलाई थाहा छ ‘ सामसङ ’को अर्थ के हुन्छ भनेर ।  

सामसङको वेबसाइटमा उल्लेख गरिएअनुसार यो नाम संस्थापक ली ब्युङ–चुलले राखेका हुन् । सामसङको अनुवाद ‘तीन तारा’ हुन्छ ।

तीनले प्रशस्त र बलियोको र ताराले उज्यालो, उच्च र चम्किलोको प्रतिनिधित्व गर्छ । कम्पनीले १९९३ सम्म आफ्नो लोगोमा पनि तीन ओटा तारा राखिएको थियो । 

लेखक जेफ्री केनले आफ्नो पुस्तक सामसङ राइजिङमा उल्लेख गरेअनुसार कम्पनीले आफ्नो ब्रान्डमा राखेको शब्द ताराबाट प्रभावित भएर नभई टर्लाटो वाइन्स बाट प्रभावित भएर ग्यालेक्सी राखिएको उनको तर्क छ ।

सन् १९६९ देखि यो कम्पनीले सक्रिय रूपमा विद्युतीय उपकरण बनाउन थालेको सामसङले ले विशेषगरी ल्यापटप, ट्याब्लेट, प्रोसेसर, डिशवासर, ओभन, रेफ्रिजेरेटर लगायतका सामाग्रीहरू उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?