मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपनले हुन सक्छ यी रोगको खतरा

हामी सबैलाई स्लिम र स्वस्थ शरीर मनपर्छ । पातलो शरीर हेर्दा आकर्षक र कपडा लगाउँदा चटक्क सुहाउने पनि हुन्छ । अहिलेका युवापुस्ताहरू मोटाइएला भन्ने त्रासले दुब्लो अवस्थामा पनि जिम धाउने गर्छन् ।

तर पछिल्लो समय मोटोपना विश्वभर समस्याको रूपमा देखिइरहेको छ । शारीरिक श्रम कम गर्नु, फास्टफुडको सेवन,मसालायुक्त खानाले पनि मोटोपना बढिरहेको छ ।

यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ । डाक्टरहरूका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरू मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ । यसका साथै बढी मोटोपनाले प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ ।

मोटोपनाले निम्त्याउने रोगहरू :

हर्निया

हर्नियाको मुख्य कारण हो मोटोपना । मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईँ हर्नियाको सिकार हुन्छ । तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ ।

मधुमेह

मोटोपनाका कारण तपाईँ मधुमेहको सिकार हुन सक्नुहुन्छ । जब तपाईँ खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ । तपार्ई मोटोपनाको सिकार हुनुहुन्छ । यसकारण तपाईँलाई मधुमेह हुने खतरा बढ्छ ।

मुटु रोग

मोटोपनाका कारण मुटु रोगको खतरा दुई गुणा हुन्छ । तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढङ्गले रगत आपूर्ति गर्न सक्षम हुँदैन। जसबाट हृदयाघात हुने सम्भावना बढ्छ । 

जोर्नीको समस्या

मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरू जोर्नी दुख्ने सिकार हुन्छन्।् । उनीहरूलाई उठ्दा या बस्दा असह्य पीडा हुन्छ । साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ ।

डिप्रेसन

मोटोपनाका कारण मानिस डिप्रेसनको सिकार पनि हुन्छ । मानिसमा नकारात्मक सोच हाबी हुन्छ । हर क्षण दुःखी हुन्छ । कहिलेकाहीँ त आत्महत्या गर्ने कोसिस पनि गर्न सक्छ । क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन् । यदि तपाईँ यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईँ कहाँ आउनेछ ।  

क्यान्सर

स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो । विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?