मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो फिचर इनेवल गर्नुहोस्, आफै हराउँछन् मेसेन्जरमा गरेका ‘गोप्य’ कुरा 

काठमाडौँ– पछिल्लो समय फेसबुक तथा म्यासेन्जरजस्ता सामाजिक सञ्जाल नचलाउने मानिस कमै भेटिन्छन् । 

जसको कारण मानव जीवनमा कतिपय कुराहरूमा फाइदा नै पुर्‍याएको छ भने कतिपय अवस्थामा हामीले अर्कालाई गरेको म्यासेजहरुको कारण हामी आफै समस्यामा पर्न सक्छौ ।  

तर के तपाईँलाई थाहा  छ, फेसबुकको मातृ कम्पनी मेटाले हालै मेसेन्जरका लागि ‘डिसेपियर मेसेज’ फिचर ल्याएको छ । 

कुनै संवेदनशील विषयमा गरिएका कुराकानी सधैँभर मेसेन्जरमा राख्न नचाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यस्तो सुविधा ल्याएको हो ।

तर डिसएपियरिङ मेसेज सुविधा हाललाई मेसेन्जरमा इन्ड–टु–इन्ड इन्क्रिप्सनमा मात्र उपलब्ध हुनेछ । 

डिसएपियरिङ मेसेज अन गरेको अवस्थामा दुई प्रयोगकर्ताबीच जसले स्क्रिनशट लिए पनि फेसबुकले त्यसको जानकारी दिने गर्दछ । 

सुरुवाती अवस्थामा यो फिचर अन गर्नका लागि तपाईँले डेस्कटप नै प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले मेसेन्जरमा डिसएपियरिङ मेसेज फिचर इनेबल गर्नुपर्छ । डिसएपियरिङ मेसेज फिचर इनेवल गर्नका लागि तल दिएका उपाय अपनाउन सकिन्छ । 

– डेस्कटपमा फेसबुक लगइन गरी मेसेजको आइकनमा क्लिक गर्नुहोस् । 

– त्यसपछि कुनै एउटा व्यक्तिको मेसेज छानी उक्त व्यक्तिको च्याट हेडमा क्लिक गरेर ‘डिसएपियरिङ मेसेज’को अप्सनमा क्लिक गर्नुहोस् ।

– यसरी एउटा अकाउन्टमा डिसएपियरिङ मेसेज फिचर अन गरिसकेपछि अर्कोपटक मेसेन्जरमै यो फिचर अन गर्न सकिन्छ । 

– त्यसपछि मेसेन्जर एपमा कुनै कुनै व्यक्तिको च्याटमा गएर माथि दायाँपट्टि रहेको ‘आई’ आइकनमा क्लिक गर्नुहोस् ।

– अनि अन्तिमतिर भएको ‘डिसएपियरिङ मेसेज’ अप्सनमा क्लिक गरेर डिसएपिएरिङ मेसेज फिचर इनेवल गर्नुहोस् । 

– त्यसपछि यसरी नै मोबाइलबाटै विभिन्न व्यक्तिका लागि डिसएपियरिङ मेसेज अन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?