मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

आज ‘किस डे’ : यस्ता छन् चुम्बनका फाइदा र प्रकार

काठमाडौँ – प्रणय सप्ताह अन्तर्गत आज ‘किस डे’ । यस दिन प्रेमी प्रेमिका चुम्बन (किस) को माध्यमबाट आफ्नो प्रेम दर्शाउने गर्छन् ।

गहिरो सास फेर्नु, मुटु बेस्सरी धड्किनु र आँखाको नानी ठूलो हुनु । यो सब त्यतिबेला हुन्छ जब तपाईं एक–अर्कालाई ओठमा चुम्बन गर्नुहुन्छ ।

हुन त हामी किन चुम्बन गर्छौं, यसबारे थुप्रै सिद्धान्त छन् । तर यो हाम्रो प्रारम्भिक अनुभवहरूसँग सम्बन्धित हुन सक्छ । किनभने सानो छँदा हाम्रा आमाबुवाले हामीलाई चुम्बन गर्छन् । हुर्कँदै जाँदा अरू धेरै मानिसहरूले हामीलाई चुम्बन गर्ने गर्छन् ।

यसले हाम्रो मस्तिष्क बाल्यकालदेखि नै ‘किस’ अर्थात् चुम्बनलाई ओठको उत्तेजनालाई प्रेम र सुरक्षाको भावको रूपमा चित्रित गर्ने गर्छ ।

त्यो समयमा धेरै चुम्बनबाट उत्पन्न हुने उत्तेजनाले हाम्रो मस्तिष्कमा धेरै सकारात्मक तरंगहरू पठाउँछ । वैज्ञानिकहरूका अनुसार हामी आमाको कोखमा हुँदा नै चुम्बन गर्न सिकिसकेका हुन्छौ भने चुम्बन गर्दा तपाईँको १४६ मांसपेशीले काम गर्छ ।

सामान्यतः चुम्बनलाई एक यौन–प्रक्रियाकै रूपमा बुझ्ने गरिन्छ तर यो एउटा संस्कृति हो भने चुम्बन गर्दा हाम्रो शरीरमा अफिम भन्दा २०० गुना धेरै प्रभाव पार्ने तत्त्व प्रसार हुन्छ । 

यी हुन चुम्बनका केही प्रकार :

एयर किस :

यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकप्रिय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफन्त, साथीभाइलाई ‘हाइ’ अथवा ‘बाइ’ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईँलाई देखेर खुसी लाग्यो भन्ने हुन्छ ।

एञ्जल किस :

यस प्रकारको चुम्बनको प्रयोग जब कुनै व्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई बिदाइ गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको विशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

ब्राइड किस :

यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौँ । ।जीवनभरि माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ ।

फ्रेन्च किस :

यो सबैभन्दा कामुक चुम्बन मानिन्छ । यसले जिब्रोका साथै ओठको पनि प्रयोग हुन्छ । यो चुम्बन सबभन्दा मन पराइएको चुम्बन हो । यो चुम्बनले तपाईँको पार्टनरलाई पूर्ण उत्तेजित बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?