मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा अझै २० प्रतिशत गरिबीको रेखामुनि

जोयनेपाल
65
Shares
सांकेतिक तस्विर

काठमाडौं – नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँसार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए ।

सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ । सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेश ‘३४ दशमलव १६’, कर्णाली प्रदेशमा ‘२६ दशमलव ६९’, लुम्बिनी प्रदेशमा ‘२४ दशमलव ३५ प्रतिशत’ र मधेश प्रदेशमा ‘२२ दशमलव ५३ प्रतिशत’ छ । गण्डकी प्रदेशमा ‘११ दशमलव ८८ प्रतिशत’, बाग्मती प्रदेशमा ‘१२ दशमलव ५९ प्रतिशत’, र कोशी प्रदेशमा ‘१७ दशमलव १९ प्रतिशत’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?