मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

अनलाइन डेटिङ एप, जसले तपाईँलाई जोडी खोजिदिन सहयोग गर्छन्


काठमाडौँ– प्रविधिको विकास सँगसँगै मानवीय जीवनशैली पनि बदलिँदै गएको छ । केही दशक यता यसको व्यापकता क्रमिक रुपमा बढिरहेको छ ।

सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह बन्धनमा बाँधिएका घटना अब सामान्य भइसकेका छन् । सामाजिक सञ्जाल फेसबूक, एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम लगायत कैयन् वेबसाइटका माध्यमबाट अन्तर्देशीय प्रेम सम्बन्धमा जोडिएका उदाहरण पनि प्रशस्त छन् ।

अनलाइन डेटिङ साइटहरु विश्वमा दिनानुदिन लोकप्रिय बन्दै गइरहेका छन् । संसारभर झण्डै ३० करोड प्रयोगकर्ताले यस्ता एपहरुको प्रयोग गरिरहेको विभिन्न अध्ययनले देखाएको छ । सिङ्गल रहेका र डेटिङ गर्न चाहनेहरुले यस्ता एपहरु बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

त्यस्तै कामको व्यस्तताले गर्लफ्रेन्ड या ब्याइफ्रेन्ड बनाउन नभ्याउनेहरुले पनि यस्ता एपमार्फत आफ्नो जीवनसाथी खोज्ने गरेका छन् । अझ कतिपयले त एक दिनका लागि डेटिङ गर्न पनि यी एपहरु प्रयोग गर्ने गरेको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

इतिहास हेर्दा विश्वमा सबैभन्दा पहिलो डेटिङ विज्ञापन सन् १७२७ मा प्रकाशित भएको मानिन्छ । अहिलेका पुस्ताका युवायुवतीका लागि अनलाइन डेटिङजस्ता कुरा भने सामान्य बनेका छन् ।

भ्यालेन्टाइन विक स्पेशलमा आज हामीले ‘डेटिङ एप’ का बारेमा जानकारी दिन गइरहेका छौँ ।

टिन्डर

सन् २०१२ मा शुरु भएको यो एप युवापुस्तामाझ लोकप्रिय छ । यो एपका माध्यमबाट तपाईंले आफ्नो साथी खोज्न सक्नुहुनेछ । यसका लागि तपाईंले सबैभन्दा पहिले खाता खोल्नुपर्ने हुन्छ । त्यसपछि निश्चित शर्त पूरा गरेपछि यसलाई प्रयोग गरेर जीवनसाथी खोज्न सक्नुहुन्छ । डेटिङ एपमध्ये यो एप सबैभन्दा बढी रुचाइएको एप हो । यो एप युरोप र अमेरिकामा बढी लोकप्रिय छ ।

ह्यापन

सन् २०१४ देखि सञ्चालनमा आएको यो डेटिङ एपले तपाईंलाई मन पर्ने जोडी खोजिदिन सहयोग गर्छ । यो पनि डेटिङ एपमध्ये लोकप्रिय एपको सूचीमा पर्छ । यसका माध्यमबाट तपाईँले नयाँ साथी बनाउने, आफ्ना रुचि अनुसारका जीवनसाथी छान्ने गर्न सक्नुहुन्छ ।

बम्बल

सन् २०१४ देखि शुरु भएको यो एप पनि धेरै प्रयोगकर्ताले प्रयोग गर्ने गर्छन् । यो एपमार्फत डेटिङ जान, साथी बनाउन र नेटवर्किङ गर्न सकिन्छ ।

इ–हार्मोनी

यो एपलाई विश्वसनीय अनलाइन डेटिङ साइटका रुपमा लिइन्छ । एन्ड्रोइड र आईओएस दुवै डिभाइसमा उपलब्ध यो एप सन् २००० देखि सञ्चालनमा आएको हो । यो एपमार्फत प्रयोगकर्ताले आफ्नो जीवनसाथी खोज्नका साथै नयाँ साथी बनाउन सक्छन् । यो एपमार्फत हरेक १४ मिनेटमा एक जनाले आफ्नो जीवन साथी पाएको कम्पनीले दाबी गर्छ ।

प्लेन्टी अफ फिस

यो अनलाइन डेटिङ एप क्यानडामा लोकप्रिय छ । यो एपमार्फत डेट गर्न, च्याट गर्न र आफ्नो जीवनसाथी खोज्न सकिन्छ । क्यानडा, बेलायत, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा लोकप्रिय यो एपलाई सुरक्षित एप पनि मानिन्छ ।

बाडो

यो एप खास गरेर डेटिङका लागि नै बढी उपयुक्त मानिन्छ । सन् २००६ देखि सञ्चालनमा आएको बाडो विश्वका विभिन्न देशमा प्रयोग गरिन्छ । साथै यो एप ४७ देशका भाषामा प्रयोग गर्न सकिन्छ । लण्डनमा कम्पनी रहेको यो एप धेरै प्रयोगकर्ता भएको एपमध्ये एक हो ।

बिहे नेपाल

केही समयअघि बजारमा ल्याइएको यो नेपाली एपका माध्यमबाट पनि तपाईंले आफ्नो जीवनसाथी खोज्न सक्नुहुन्छ । बिहे नेपालको एप एन्ड्रोइड र आईओएस दुवै डिभाइसमा डाउनलोड गर्न सकिन्छ ।

यो एपमा पनि स्वाइप गरेर आफ्नो रुचि अनुसारका जोडी खोज्न सकिन्छ । साथै यो एपमा आफूलाई मन परेको व्यक्तिसँग च्याट गर्न पनि मिल्ने सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?