मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिष्णुसँग प्रेमसम्बन्धमा रहेको हल्लापछि मिस पबीले दिइन् स्पष्टीकरण

काठमाडौं – मोडल मिस पबीले एउटा भिडियो चर्चामा आएपछि सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् । मोडल पबीको भिडियो यतिबेला निकै चर्चामा छ । पबीले अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँगको भिडिओ राखेसँगै सोसल मिडियामा विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ।

विष्णु गायिका एलिना चौहानका पूर्वप्रेमी हुन्। हालै एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएको थियो। सोहि बेलानै अष्ट्रेलिया पुगेकी पबीले विष्णुसँग बनाएको भिडिओ भाइरल भइरहेको छ।

विष्णु र मिस पबीको प्रेमसम्बन्ध रहेको हल्ला समेत चलिरहेको छ। सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आएर तनाव भएपछि मिस पबीले स्पष्टीकरण दिएकी छिन्।

‘वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोली अस्ट्रेलियाको सिड्नी सहरमा छु। यसकै सिलसिलामा विष्णु सापकोटा लयातको टिमसँग भेट भेएको थियो। उहाँहरुले एउटा बिजनेस प्रमोसनको भिडिओ बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा खिचिएको भिडिओलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशनरप्रसारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेखेकी छिन्।

सत्यतथ्य नबुझि झुट र भ्रामक समाचार लेखेर व्यक्तिगत चरित्रमाथि आँच आउने काम नगर्न समेत उनले आग्रह गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?