काठमाडौं- नेपालमा दक्षिण एसियामै पहिलो पटक महिला समलिङ्गी जोडीको विवाह दर्ता भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ मा ३३ वर्षीया दिप्ती श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङले औपचारिक रूपमा विवाह दर्ता गराएका हुन् ।
जन्मँदा दुबै जना महिला हुन् भने दुबैको पहिचान महिलाको रूपमा रहेको छ । यससँगै उनीहरुको जोडी औपचारिक रुपमा विवाह दर्ता गराउने नेपालबाट दक्षिण एसियामा पहिलो महिला समलिङ्गी जोडी बन्न पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया