मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२०२३ मा ५९ हजारभन्दा धेरै भारतीयले लिए अमेरिकी नागरिकता

काठमाडौं- पछिल्लो समय भारतीय नागरिकहरु अमेरिका बसाइ सर्ने क्रम बढ्दै गएको पाइएको छ । हालै सार्वजनिक एउटा प्रतिवेदनमा सन् २०२३ मा ५९ हजारभन्दा धेरै भारतीय नागरिकले अमेरिकी नागरिकता लिएको उल्लेख गरिएको छ ।

अमेरिकी नागरिकता एवम् आप्रवासन सेवाले जारी गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वभरका करिब ८ लाख ७० हजारभन्दा धेरैले अमेरिकी नागरिकता लिएको उल्लेख गरिएको छ ।

यसमध्ये सबैभन्दा बढी मेक्सिकन नागरिकले अमेरिकी नागरिकता लिएका छन् । सन् २०२३ मा १ लाख १ हजारभन्दा धेरै मेक्सिकनले अमेरिकी नागरिकता लिएका छन् ।

त्यसैगरी ५९ हजार १ सय भारतीयले पनि गत वर्ष अमेरिकी नागरिकता लिएको उक्त प्रतिवेदनमा जनाइएको छ । सूचीको तेस्रो र चौथा स्थानमा क्रमशः फिलिपिन्स र डोमिनिकन रिपब्लिकका नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?