मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता बानीले निम्त्याउँछ मृगौलामा जोखिम 

शरीरका अङ्गहरू मध्य एक महत्त्वपूर्ण अङ्ग मृगौला पनि हो । यसकारण हामीले मृगौलाको विशेष ख्याल राख्न जरुरी छ ।

आजकल वृद्व–वृद्धा सँगसँगै युवाहरू पनि मिर्गौलासम्बन्धी समस्याबाट पीडित  भइरहेका छन्। मृगौलाको सबैभन्दा महत्त्वपूर्ण काम शरीरबाट विषाक्त र तरल पदार्थलाई पिसाबमार्फत बाहिर निकाल्नु हो ।

साथै यसले शरीरमा नुन, एसिड र पोटासियमको मात्रालाई पनि नियन्त्रण गर्छ । मिर्गौला  स–साना रक्तनलीहरूले भरिएको हुन्छ, जसले रगतको फोहोर र अतिरिक्त पानीलाई फिल्टर गरेर शरीरबाट निकाल्न मद्दत गर्छ ।

तपाइको यस्तो जीवनशैलीले निम्त्याउँछ मृगौलाको जोखिम :

– मृगौलाको समस्याको मुख्य कारण अस्वस्थ जीवनशैली र गलत खानपान हो । 

– अनियन्त्रित मधुमेह मिर्गौला फेल हुनुको प्रमुख कारण हो । यस्तो अवस्थामा कसैलाई ब्लड सुगर छ र उसले बेवास्ता गरेर कुनै औषधि खाँदैन । जसका कारण रगतमा चिनीको मात्रा बढ्दै जाँदा मिर्गौला बिग्रने खतरा बढ्छ 

– लामो समयसम्म खाली पेटमा पेनकिलरको प्रयोग गर्दा पनि मिर्गौला फेल हुन सक्छ । यो बानीले शरीर र मिर्गौलामा नकारात्मक असर पार्छ । त्यसैले खाली पेटमा कुनै पनि पेनकिलर औषधि सेवन गर्नुहुँदैन ।

– यदि व्यक्ति अधिक तौल वा मोटो छ भने मिर्गौला फेल हुने जोखिम पनि बढ्न सक्छ । यस्तो अवस्थामा शरीरको बढ्दो तौललाई नियन्त्रण गर्नु जरुरी हुन्छ । 

– मिर्गौला सम्बन्धी समस्या आनुवंशिक पनि हुनसक्छ । आमाबुवा, हजुरबुबा वा परिवारको कुनै सदस्यलाई मिर्गौलाको समस्या छ भने भविष्यमा मिर्गौला रोगको जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार सुरु गरेमा धेरैजसो मिर्गौला समस्या निको हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?