मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

आज ‘हग डे’, यस्ता छन् अङ्कमाल गर्नुका फाइदा

काठमाडौँ – भ्यालेन्टाइन विकका रूपमा यो सप्ताह मनाइँदा आजको दिन ‘हग डे’ का रूपमा मनाइन्छ ।

यस दिन प्रेमीप्रेमीकाले एक अर्कालाई अङ्कमाल गर्छन् । तपाईँ पनि यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको अङ्कमाल गरेर आफ्नो प्रेमी–प्रेमीकालाई विशेष महसुस गराउनुहोस् ।

यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मीयता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मीयताको साथ ‘टाइट हग’ गर्नुहोस् ।

अङ्कमाल गर्नाले आपसी प्रेम अझ बढ्छ भने कयौँ शब्दले भन्न नसकेको कुरा एक अङ्कमालले महसुस गराउन सक्छ । अङ्कमाल न्यानो र आकर्षक भावना हो, जसले एक अर्कालाई आनन्दित बनाउँछ ।

एउटा प्यारो अङ्कमालले जो कसैको दिन उज्ज्वल बनाउन सक्छ । अङ्कमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो । यसले तपाईँको सम्बन्ध मात्रै राम्रो बनाउँदैन तपाईँको स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याउने काम गर्छ ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार अङ्कमाल गर्दा त्यसले शरीरमा लभ हार्मोन अक्सिटोसिनको स्तर बढाउँछ । जसले तपाईँको मुटुलाई स्वस्थ बनाउने काम गर्छ ।

त्यस्तै अङ्कमाल गर्दा तनाव कम हुनुका साथै स्मरण शक्ति पनि बलियो बन्छ । यसले रोग लाग्ने सम्भावना समेत कम गराउँछ भने मुड फ्रेस हुन्छ ।

अङ्कमाल गर्दा अर्को व्यक्तिसँग अझ नजिक हुन सजिलो हुन्छ भने सुरक्षा, माया र एक्लो नभएको भावना सञ्चार गर्छ।

यी हुन अङ्कमाल गर्नुका फाइदाहरू :

सम्बन्धलाई बलियो बनाउँछ

कुनै पनि सम्बन्धलाई अझ बलियो बनाउन अँगालो मार्नु सबैभन्दा उत्तम उपाय मानिन्छ । मनोवैज्ञानिक दृष्टिकोणबाट अँगालो मार्नेहरूबिच गरिएको अनुसन्धानअनुसार नियमित अँगालो मार्ने जोडीहरूबिचको सम्बन्ध अरूको तुलनामा प्रगाढ र लामो समयसम्म जाने गरेको पाइयो । अँगालोले बढाएको यो किसिमको सम्बन्धमा अरू किसिमका माया प्रेमहरू पनि बढी हुने गरेको पाइएको थियो ।

उच्च रक्तचाप नियन्त्रण

अँगालो मार्दा यसले हाम्रो उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्न मद्दत गरेको पाइयो । अँगालो मार्दा शरीरमा आएको परिवर्तनले अक्सिटोसिन पैदा हुन्छ र यो हाम्रो शरीरको रगतमा मिसिन थाल्छ । यो पदार्थ शरीरको रगतमा मिसिएपछि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले तपाईँलाई पनि उच्च रक्तचाप रहेको छ भने आफूलाई मन परेको व्यक्तिसँग बेला बेलामा अँगालोमा बाँधिने गर्नुहोस् ।

सम्बन्धमा प्रेम बढाउँछ

कहिले काहीँ मायालाई दर्साउन नबोलीकन अँगालो हाल्दा यसले धेरै बोलेर माया दर्साएको भन्दा बढी प्रभाव पार्छ । यदि तपाई रातभर आफ्नो जीवनसाथीसँग अँगालो मारेर सुत्नु भएको छ भने बिहान उठ्दा तपाई धेरै नै खुसी भएको महसुस गर्नुहुन्छ । तर अनुसन्धानले जीवनसाथीसँग धेरै कम मानिसहरू मात्र नियमित अँगालो मार्ने गरेको बताएका छन् ।

एकआपसमा विश्वास बढ्छ

अँगालोले केबल शरीरलाई मात्र राम्रो नगरेर मनलाई पनि राम्रो गर्छ । यदि तपाई आफ्नो पार्टनरसँग नियमित रूपमा अँगालो मार्ने गर्नुहुन्छ भने तपाईँहरूबिच विश्वासको वातावरण अरूको तुलनामा अझ बढी बन्नेछ । अँगालो मार्दा एक आपसमा प्रेम र स्याहार बढी भएको समेत पाइएको देखिन्छ ।

डिप्रेसनलाई कम गर्छ

मस्तिष्कमा उचित रक्त प्रवाह हुन नसकेको कारणले गर्दा पनि मानिसहरूमा डिप्रेसन हुने गर्छ । यदि नियमित रूपमा आफ्नो अन्तरंगसंग अँगालो मार्ने हो भने रगतमा अक्सिटोसिनको मात्रा बढ्दै जान्छ । जसले तपाईँमा भएको डिप्रेसनको मात्रालाई कम गर्दै लैजान्छ । त्यसैले सम्भावित डिप्रेसनबाट जोगिन मन छ भने तपाईँले नियमित रूपमा आफ्नो प्रियतमसँग केही बेर अँगालो मार्ने गर्नुहोस् ।

मीठो निन्द्रा लाग्छ

जसले आफ्नो पार्टनरसँग अँगालो मारेर सुत्छन् उनीहरू एक्लै सुत्ने व्यक्तिको तुलनामा गाढा निन्द्रा लिन्छन् भन्ने अनुसन्धानले देखाएको छ । यस्तो हुनुको मुख्य कारणमा पार्टनरको अँगालोमा धेरैले आफूलाई सुरक्षित महसुस गर्ने हुनाले पनि निन्द्रा गाढा लागेको हो । यदि रातको निन्द्रा राम्ररी पर्ने हो भने भोलिपल्ट शरीर फुर्तिलो हुनुका साथै अनुहारमा चमक समेत हुने छ ।

लामो आयुको भइन्छ

नियमित रूपमा अँगालो मार्ने जोडीहरू बढी नै खुसी हुने गर्छन् । अँगालो मार्दा उनीहरूको शरीरमा उत्पादन भएको अक्सिटोसिनको मात्राले उनीहरूमा सकारात्मक भावहरू आइरहेको हुन्छ । सकारात्मक सोच पैदा भएको कारण उनीहरूको आयु तनावमा रहनेको तुलनामा बढी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?