मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

प्रेमका नाममा बलिदान दिएका सेन्ट भ्यालेन्टाइन

काठमाडौँ– विश्वभर नै ‘भ्यालेन्टाइन डे’ लाई प्रणय उत्सवका रुपमा मनाउने गरिन्छ । माया गर्ने प्रेमिल जोडीहरुका लागि यो एक–अर्काप्रति आफ्नो प्रेम अभिव्यक्त गर्ने अवसर हो ।

यिनै प्रेमको सुखद पक्षमा भने प्रेमको वियोगान्त कथा समेटिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट यस उत्सवको सुरुवात भएको मानिन्छ । क्रिस्चियन पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमकै नाममा सहादत प्राप्त गरेका थिए ।

इतिहास अनुसार तत्कालीन रोमन सम्राज्यमा प्रेम बर्जित थियो । प्रेमले राज्यको शासन प्रणाली र सैनिक शक्तिमा प्रभाव पार्छ भन्ने सम्राट क्लाउडियस द्वितीयको मान्यताकै कारण सैनिकहरुलाई प्रेम र विवाह गर्न प्रतिबिन्ध थियो ।

त्यतिबेला उनले युवा प्रेम र विवाहमा प्रतिबन्ध नै लगाएका थिए । भ्यालेन्टाइनले भने सम्राटको यो निर्णयलाई धर्मविरुद्ध माने । प्रेम र आकर्षणमा अनुशासनको दायरा भएमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यतालाई उनले अगाडि बढाए ।

त्यतिबेला उनले प्रेम र विवाहका लागि युवाहरुलाई प्रेरित गर्दै सार्वजनिक स्थलमै सामूहिक प्रेम विवाह कार्यक्रम समेत गरे ।

राज्यको निर्देशन अवज्ञा गरी निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमको नाममा ज्यानको उत्सर्ग गर्ने तिनै ‘भ्यालेन्टाइन’को स्मरण गर्दै प्रत्येक वर्ष १४ फेब्रुअरीमा ‘भ्यालेन्टाइन’ डे मनाउने गरेको पाइन्छ ।

पछिल्लो समयमा युपापुस्ताले प्रेम सप्ताहका रुपमा १४ फेब्रुअरी शुरु हुनुभन्दा अगाडि नै ७ फेब्रुअरीदेखि उत्सव मनाउँदै आएका छन् ।

यस अवसरमा युवायुवतीहरु आफूले माया गर्ने व्यक्तिहरुलाई गुलाफको फूल तथा विभिन्न उपहारहरु किनेर उपहार दिने गर्छन् । बजारमा यस उत्सवमा गुलाफको फूल किन्नका लागि युवायुवतीहरुको भीड नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?