मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संगीतकार बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं – संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । आइतबार आयोजक संस्था सामना म्युजिक क्रियशनले एक बिज्ञप्ती जारी गरि सो कुराको जानकारी दिएको हो ।

पहिलो र दोस्रो संस्करण अवार्डका रुपमा सम्पन्न भएपनी तेस्रोदेखि रिवार्डका रुपमा आयोजना हुन थालेको हो । यसपटक पनि बिभिन्न बिद्याका उत्कृष्ट श्रष्टा तथा श्रजकहरुलाई रिवार्ड प्रदान गरिने अध्यक्ष सामना शाहले जनाएकी छिन ।

शाहका अनुसार रिवार्ड फागुन १५ गते संघिय राजधानी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?