मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महोत्सवमा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार

काठमाडौं – महोत्सवमा प्रस्तुति दिदा खेरि गायक तथा मोडेल दुर्गेश थापामाथि दर्शकले जुत्ता प्रहार गरेका छन् । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा दुर्गेशमाथि जुत्ता प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफूले जोशमा जुत्ता माथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए ।

दुर्गेशले पनि जुत्ताले आफूलाई नलागेको बताएपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो । मिलापत्रपछि विवाद साम्य भएको छ । उक्त छलफलपछि प्रहरीले ती युवकलाई छाडेको छ ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ ।

यता स्थानियका अनुसार आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको बताएका छन् । १० दिन सम्म संचालन भएको आठौं वालिङ महोत्सवको आज समापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?