मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ अनियमित महिनावारी, यस्तो जटिलता देखिन सक्छ

काठमाडौं – सामान्यतयाः महिनावारीलाई ३० दिनको मासिक चक्र मानिन्छ । यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोहि क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्र अन्र्तगत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीे अवस्थाको संज्ञा दिइन्छ ।

उसो त महिनावारी रोकिनुका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ ।

तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितितर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।

किन हुन्छ ?
शरीरमा हुने विभिन्न ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपना, तनाव, एकैपटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ ।

त्यसैगरी, अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा शरीरमा तौल बढ्ने हुँदा महिनावारी अनियमित हुने गर्दछ ।

यस्ता जटिलता देखिन सक्छ : अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहेमा क्यान्सरसमेत हुन सक्ने सम्भावना हुन्छ ।

समाधान : सबैभन्दा पहिला त महिलाले स्वस्थकर जीवनशैली अपनाउनुपर्दछ । पोषिलो खानेकुरा खाने, पानी प्रशस्त पिउने, शरीरको तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने, धेरै तनाव नलिने, चिकित्सकको सल्लाहविना जथाभावी औषधिको प्रयोग नगर्ने र केही समस्या देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिई औषधि उपचार गर्ने ।

के खाने, के नखाने ?

भिटामिन सी : अनियमित महिनावारीबाट ग्रस्त महिलाले भिटामिन सीयुक्त फलफूल खानामा समावेश गर्नुपर्छ । यसमा मेवा, सुन्तला, कागती, किवीलगायत फल पर्छन् । मेवामा प्रशस्त मात्रामा केरोटिन पाइन्छ, यसले एस्ट्रोजन हर्मोन बढाउन सहयोग गर्छ ।

बेसार : बेसारका धेरै फाइदा छन् । यसले पाठेघरमा रक्तसञ्चार बढाउन सहयोग गर्छ । र, महिनावारीमा भएको गडबडीलाई ठीक गर्न सहयोग गर्छ । रातको समय सुत्नुअघि एक गिलास दूधमा बेसार मिसाएर खानु लाभदायी हुन्छ ।

सखर : सखरले पनि अनियमित महिनावारीको समस्या कम गर्न सहयोग गर्छ । अनियमित महिनावारी हुनेले सखर, तिल र बेसार मिसाएर खाने तथा त्यसपछि मनतातो पानी पिउने गर्नुपर्छ ।

अदुवा : अदुवाले महिनावारीमा देखिएको समस्यालाई कम गर्न सहयोग गर्छ । पहिले अदुवालाई स–साना टुक्रा पारेर काट्नुस् । यसमा मह मिसाएर खानुस् र त्यसपछि मनतातो पानी पिउनुस् ।

क्याल्सियमयुक्त खानेकुरा : दूधजन्य पदार्थ, बदाम, ओखर, माछा, तोफु, ब्रोकाउलीलगायत सेवन गर्नुस् ।

जंकफुडबाट टाढा रहनुस् । नुन कम प्रयोग गर्नुस् । चिया–कफी कम पिउनुस् । हर्बल चिया खान सकिन्छ । मैदाबाट बनेका खानेकुरा सकभर नखानुस् । धूम्रपान र मदिरा सेवन नगर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?