मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि

काठमाडौं – बलिउड अभिनेता तथा राजनीतिज्ञ मिथुन चक्रवर्तीलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि भएको छ । शनिबार बिहान दाहिने हात र खुट्टामा कमजोरी देखिएपछि अभिनेता मिथुनलाई कोलकाताको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना ‘स्ट्रोक’ भएको पहिचान गरिएको अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ ।

७३ वर्षीय अभिनेता अहिले उपचार गराइरहेका छन् र चिकित्सक टोलीको निगरानीमा छन् । अस्पतालको विज्ञप्तिले स्ट्रोकको गम्भीरता खुलासा गरेको छैन र उनको पूर्वानुमानको बारेमा थप विवरण प्रदान गरेको छैन ।

छातीमा गहिरो दुखाइ भएपछि शनिबार बिहान साढे ९ बजेतिर कोलकाताको एपोलो मल्टिस्पेसलिटी अस्पतालमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो ।

‘डिस्को डान्सर’ र ‘अग्निपथ’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित चक्रवर्ती हाल सिनेमा र राजनीति दुवैमा सक्रिय छन् । उनी भारतीय संसदको माथिल्लो सदन राज्यसभाका वर्तमान सदस्य समेत हुन् ।

उनलाई अस्पतालमा गरिएको खबरले भारतीय फिल्म उद्योगमा स्तब्धतता छाएको छ । प्रशंसक र कलाकारहरुले उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) ले मस्तिष्कमा रक्त प्रवाहको अचानक अवरोधलाई बुझाउँछ। रगतको कमीले मस्तिष्कको कोशिकाहरूमा अक्सिजन र पोषक तत्वहरू पुर्‍याउन असमर्थ हुन्छ, जसले गर्दा मस्तिष्क क्षति र अन्य सम्भावित लक्षणहरू हुन्छन्। यसका दुई प्रकार हुन् इस्केमिक स्ट्रोक र हेमोरेजिक स्ट्रोक।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?