मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक ‘डिपाचर’ मा पर्खिनेहरुको पीडा

काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन गरिएको नाटकमा पर्खिनेहरुको पीडालाई प्रस्तुत गरिएको छ ।

माघ २७ गतेदेखि फागुन ५ गतेसम्म मञ्चन हुने नाटकको लेखन नरेन भट्टराई र परिकल्पना तथा निर्देशन कृष्ण खड्काले गरेका छन् । नाटकमा विशेषतः शिक्षा होस् या रोजगारीकै सिलसिलामा बाह्य देशमा जाने र यता पर्खेर बस्नेहरुको कथालाई समावेश गरिएको निर्देशक खड्काले बताए ।

‘हाम्रोमा विदेशमा जाने क्रम धेरै छ । उता गएपछि जानेलाई राम्रो होला या कमाउला भन्ने हाम्रो सोचाइ हुन्छ, ‘उनले भने,‘यता पर्खेर बस्ने परिवारलाई पनि निकै पीडा हुन्छ ।

त्यसैलाई नाटकमा देखाएका छौं ।’
नाटकमा लेखक भट्टराईसँगै मुकेश हमाल, शोभा कार्की, धिरज थापामगर, सुरज पराजुली लगायतका कलाकाहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?