मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खानेकुरा र मानसिक स्वास्थ्यको सम्बन्ध 

अस्वस्थ खानेकुरा खायो भने हाम्रो शरीर अस्वस्थ हुन्छ । भोजनले शारीरिक स्वास्थ्य मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि ठूलो असर पार्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

पेट र मस्तिष्कको धेरै सम्बन्ध हुने भएकै कारण पेटलाई दोस्रो मस्तिष्क समेत मान्ने गरिन्छ । अस्वस्थ खानेकुरा खाएको आजको भोलि नै मानसिक स्वास्थ्यमा समस्या नदेखिएपनि यस्ता खानाले थाहै नपाई दीर्घकालीन असर पुर्‍याइरहने चिकित्सकहरू बताउँछन् । शारीरिक र मानसिक स्वास्थ्यलाई ठिक राख्न स्वस्थ खाना खानुपर्नेमा विज्ञहरूको जोड रहेको छ । 

कतिपय पोषणको समस्या भएका मानिसलाई, पोषण नपुगेका मानिसलाई मानसिक समस्या भएको देखिएको छ । जस्तो भिटामिन बी १२ को कमी भयो भने डिप्रेसन हुन्छ भनेर विभिन्न अध्ययनले नै देखाएको छ ।

मानसिक स्वास्थ्य र पोषणको बारेमा धेरै छलफलहरू भएको छ । यसको अर्थ मानसिक रोगीलाई पोषण मात्रै दिएर औषधी उपचार नगर्ने भन्ने पक्कै पनि होइन । तर हामीले खाने खानेकुराको गुणस्तरले मानसिक स्वास्थ्यमा चाहिँ निकै असर पर्छ । 

हाम्रो पेट र मस्तिष्कको यति धेरै सम्बन्ध छकी पेटलाई दोस्रो मस्तिष्क समेत मानिन्छ । सेराटोनिन भनिने विशेष किसिमको रसले हामीहरूको खुसी हुने आनन्दको अनुभूति गराउने काम गर्छ ।

त्यो रस करिब ९० प्रतिशत पेटबाट उत्पन्न हुन्छ । १० प्रतिशत मस्तिष्कबाट निस्कन्छ । पेट अस्वस्थ भयो भने सेराटोनिन भन्ने जुन रस छ त्यो राम्रोसँग निस्कँदैन । त्यसो हुँदा हामीलाई आनन्दको अनुभूति नहुने हुन्छ । यो वैज्ञानिकहरूले विभिन्न अनुसन्धान गरेर निकालेको तथ्य हो । पेटमा एउटा विशेष किसिमको संसार छ ।

विभिन्न किसिमका कीटाणुहरू,जीवाणुहरू छन् । तिनीहरूमध्ये कीटाणुहरू जुन छन् तिनलाई स्वस्थ राख्न स्वस्थ खानेकुरा खानुपर्ने हुन्छ । उनीहरू स्वस्थ हुँदा जुन रस उत्पादन गर्छ त्यसले हामीलाई आनन्द दिन्छ । यसो हेर्दा दैनिक जीवनमा पनि हामी पेटको समस्या भयो भने हामी मानसिक रूपमा पनि चिन्तित हुन्छौँ ।

अथवा मानसिक रूपमा हामीलाई समस्या प¥यो वा तनाव भयो भने हाम्रो पेट पनि गडबड हुन्छ । जस्तो कुनै विद्यार्थीलाई परीक्षा नजिक आएर एकदमै तनाव भएको छ भने पेट दुख्ने, घरीघरी दिसा लागेको जस्तो हुने जस्ता समस्या देखिन्छ । 

कहिले कहीँ परिवार, आफन्तका कसैको मृत्यु भएको, कोही बिरामी परेको सुन्यौँ भने हाम्रो भोक, प्यास नै हराउँछ । खानै मन नलाग्ने हुन्छ । मानसिक अवस्थाले पेटको स्वास्थ्यमा असर पार्छ, पेटको अस्वस्थताले मानसिक स्वास्थ्यमा असर गर्छ ।

यी कारणहरूले गर्दा मानसिक अवस्था स्वस्थ रहन भोजनको ठूलो भूमिका छ भन्ने देखिन्छ । यस कारण पनि स्वस्थ खाना खानुपर्दछ । साधरणतया हामीले घरमा पाक्ने खानेकुरा खानुपर्छ ।

आजै अस्वस्थ खाना खाएर भोलि नै मानसिक असर पर्छ भन्ने होइन । बिस्तारै समस्या देखिन्छ । अस्वस्थ खानाबाट उत्पन्न हुने विभिन्न रोग र त्यसको चिन्ताले हामीलाई मानसिक रूपमा पनि अस्वस्थ बनाउने त भइनै हाल्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?