मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलामा रंग चिन्तन

काठमाडौँ– कलामा मानवीय संवेदना चिन्तनलाई खोतलेर कला प्रदर्शनी सुरु गरिएको छ ।

ठमेलस्थित ‘किसिमाका’ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु गरिएको प्रदर्शनीमा सुनिल रञ्जित र फ्रान्सेली कलाकार भिन्सेन्ट ग्रेबीले सिर्जना गरेका कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

प्रदर्शित रञ्जितका कलाहरुमा रंगकै माध्यममा उज्याला किरण र मानवीय चिन्तन, भाव र विविध आयामहरुलाई समेटिएका छन् । उनका अनुसार रंगका विविध आयामहरु नै जीवनको चिन्तन हो ।

उनी आफ्नो कलामा आम कलाप्रेमीले जीवनको दर्शन खोजुन् भन्ने चाहन्छन् । त्यस्तै ग्रेबीका कलामा फूलको बिम्बमा मानिसका स्वभाव र उत्सवहरु रंगिएका छन् ।

प्रदर्शनी मार्चको अन्तिम सातासम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?