मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्वस्थकर छ हामीले खाने सेतो चामल 

हामी नेपालीहरूको भान्सामा प्रायः सेतो चामल नै पाक्ने गर्छ । यो चामल खान स्वादिष्ट हुन्छ र पकाउन पनि सजिलो । यो चामल सजिलैसँग पच्छ पनि । तर चामल सेतो मात्रै हुन्न । कालो, खैरो र रातो पनि हुन्छ । 

यी सबैको अलग अलग फाइदा छन् । सेतो चामलमा कार्बोहाइड्रेट धेरै हुन्छ । यसमा चोकर हुन्न । कालो, खैरो र रातो चामल भने सेतो चामलको तुलनामा बढी स्वास्थ्यकर मानिन्छ । 

सेतो चामलले हामीलाई ऊर्जा दिन्छ । यसलाई शरीरले सजिलैसँग टुक्राएर पोषक तत्त्व र कार्बोहाइड्रेटलाई छिट्टै सोस्न सक्छ । यसमा फाइबर र चिल्लोको मात्रा पनि हुन्छ । खेलाडी वा लामो समयसम्म व्यायाम गर्ने व्यक्ति लगायत तत्कालै ऊर्जा चाहिने व्यक्तिका लागि यो चामल उत्कृष्ट विकल्प हो । 

खैरो चामल 

यसमा चाँहि कार्बोहाइड्रेट, फाइबर, प्रोटिन र चिल्लो सबै पाइन्छ । यो चामलमा धानको खोस्टा मात्रै हटाइएको हुन्छ । विशेष खालको पाचन समस्या भएका व्यक्तिलाई यो चामल पचाउन निकै कठिन हुन सक्छ । पखाला लागेको व्यक्तिलाई यो चामल पचाउन समस्या हुन सक्छ । 

रातो चामल

सेतो चामल हरेक ठाउँमा पाइन्छ । तर रातो चामल पाइदैंन । यो अलि महँगो पनि हुन्छ । हाम्रा आसपासको पसलहरूमा सेतो चामल नै बढी पाइन्छ  रातो चामल हत्तपत्त भेटिन्न ।

सेतो चामल पनि स्वास्थ्यका लागि पूरै खराब त होइन । तर सीमित मात्रामा भात खानेका लागि रातो चामल निकै फाइदाजनक छ ।

यो चामल पालिस नगरी खाइन्छ । सेतो चामलको तुलनामा यसमा सेलेनियम, भिटामिन सी र बीटा क्यारोटिन जस्ता अहमे एन्टिअक्सिडेन्टहरु पर्याप्त मात्रामा पाइन्छ ।

कालो चामल

कालो चामललाई बैजनी चामल वा निषेधित चामल पनि भनिन्छ । हिजोआज यो चामलका पनि कयौँ भेराइटी पाउन सकिन्छ  । यो चामल गाढा कालो रङ्गको हुन्छ । तर पकाएपछि अलि अलि बैजनी रङ्गको हुने भएकोले यसलाई बैजनी चामल पनि भनिन्छ । चामलको यो प्रकार निकै स्वास्थ्यकर मानिन्छ ।

यसमा पाइने एंथोसायनियन आँखाको लागि फाइदाजनक हुन्छ । नियमित रूपमा यसको सेवन गर्दा मोतिबिन्दु र डाइबेटिक रेटिनोप्याथी जस्ता जोखिम कम हुन्छ ।

यो चामलमा पाइने एन्टिअक्सिडेन्ट गुणले हाम्रो मुटुलाई स्वस्थ बनाइराख्न मद्दत गर्छ । यो चामल मधुमेहका रोगीहरूका लागि पनि उपर्युक्त छ । यसले सुगर कन्ट्रोलमा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?