मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

यी हुन् अभिनेता प्रदीप खड्काका पाँच ‘लभ स्टोरी’ फिल्म

काठमाडौँ– प्रदीप खड्का नेपाली फिल्म क्षेत्रका लोकप्रिय अभिनेता हुन् । उनी प्रायः प्रेमकथामा आधारित फिल्ममा सक्रिय छन् ।

प्रदीपले अभिनय गरेको फिल्म ‘प्रेम गीत’ लाई अहिले पनि उत्कृष्ट लभस्टोरी फिल्मका रुपमा लिइन्छ । यो फिल्ममा उनी नायिका पूजा शर्मासँग अनस्क्रिन रोमान्स गरेका छन् । भ्यालेन्टाइन विक स्पेशलमा आज हामीले लभर ब्याइ भनेर चिनिने प्रदीप खड्काका पाँच रोमान्टिक फिल्मका बारेमा जानकारी दिन गइरहेका छौँ ।

प्रेम गीत

सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत’ मा प्रदीप खड्का र पूजा शर्माको शीर्ष भूमिका छ । प्रेम र गीत दुई पात्रको कथानक समेटिएको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण गरेका हुन् ।

प्रेम गीत २

सन्तोष सेनले निर्माणमा बनेको यस फिल्ममा नेपालको मुर्मादेखि अहिले म्यानमार भनिने बर्मासम्मको यात्राको कथा समेटेको छ । २०७४ सालमा प्रदर्शन भएको फिल्ममा प्रदीप खड्काका साथ शीर्ष भूमिकामा अश्लेषा ठकुरी छिन् । फिल्मको लेखन र निर्देशन रामशरण पाठकले गरेका छन् ।

लिली बिली

गोविन्द शाहीको निर्माणमा बनेका यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए । प्रदीप खड्कासँगै फिल्ममा जशिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाहीको मुख्य भूमिकामा छन् । फिल्ममा मिलन चाम्सको निर्देशन रहेको छ ।

रोज

२०७५ सालमा प्रदर्शन भएको यस फिल्ममा प्रदीप खड्काका साथमा परमिता राणा, मिरुना मगर लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको नाम ‘रोजी’ राखिएपनि पछि ‘रोज’ नामाकरण गरिएको थियो । रोजी महर्जन हत्याकाण्डमा आधारित फिल्मको रूपमा चर्चामा रहेको फिल्मलाई महर्जनका बाबुआमाले आपत्ति जनाएपछि निर्माण पक्षले नाम परिवर्तन गरेका थिए । फिल्मको निर्देशक नीरक पौडले र निर्माता पौडेलसँगै मणिकरण केसी छन् ।

लभ स्टेशन

प्रेम कथामा आधारित रहेको फिल्मको निर्देशन उज्ज्वल घिमिरेले गरेका छन् । फिल्ममा प्रदीप खड्काकासँगै जशिता गुरुङ शीर्ष भूमिकामा छिन् । गोविन्द शाहीको निर्माणमा बनेको फिल्मको प्रदर्शन २०७५ सालमा भएको थियो ।

प्रेम गीत ३

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्मलाई प्रेमकथासँगै एक्सन सिनेमाको रुपमा लिइएको छ । ठूलो लगानीको निर्माणमा बनेको ‘प्रेम गीत ३’ फिल्मको हिन्दी डबिङ समेत गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिएको थियो । फिल्मलाई भारतीय दर्शकले राम्रै प्रशंसा गरेका थिए । फिल्ममा प्रदीप खड्काकी जोडीकी रुपमा क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?