मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घाइते भयो सौराहामा देखिने गैंडा ‘मेघौली’ 

चितवन– चितवनको प्रमुख पर्यटकीय नगरी सौराहामा देखिने दुर्लभ एकसिङ्गे गैंडा ‘मेघौली’ घाईते भएको छ । सौराहाको मुख्य सडकमा निस्फिक्री हिँड्ने मेघौली जंगली भाले गैँडाको आक्रमणबाट घाइते भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौलाका अनुसार यो गैँडालाई केही दिन अगाडि जंगली गैँडाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते मेघौली केही दिन राम्रोसँग उठ्न पनि सकेन ।

संरक्षणकोषमा नै पालेर हुर्काएको हुनाले चिकित्सकहरूलाई उसको सबै आनीबानी थाहा छ । सोही कारण चिकित्सक टोलीले नलठ्याइकन सुईबाट एन्टिवायोटिकहरु दिने काम गरे ।

मेघौलीको शरिरका विभिन्न भागमा जंगली गैँडाले टोकेका घाउहरू छन् । अहिले घाउहरू बिस्तारै निको हुँदै गएका छन्, अलि अलि बाहिर हिँड्न पनि थालेको छ ।

२०७४ सालमा चार वर्षको उमेरको गैँडाको केटो अलपत्र अवस्थामा पश्चिम चितवनको मेघौलीमा फेला परेपछि संरक्षण कोषमा ल्याएर हुर्काइएको थियो । मेघौलीमा भेटिएको हुनाले यसको नाम पनि मेघौली नै राखिएको डा। सडौला बताउँछन् ।

कोषमा हुर्काएको हुनाले १÷२ दिन बिराएर कोषको वरपर नै आएर बास बस्ने गर्छ भने कहिले चित्रसारी पुलतिर त कहिले सपना भिलेज वरपर देखिन्छ ।

पार्क सफारी होटल नजिकैको बालुवामा दिनभर घाम ताप्न रुचाउने मेघौली ९ वर्षको भयो । मानिसहरुको सम्पर्क बस्न चाहाने मेघौलीको नजिकै गएर सौराहा आउने पर्यटकहरु फोटो भिडियो खिच्ने गर्दछन् । विदेशी तथा विदेशी पर्यटकहरु मेघौलीसँग रमाउने गर्दछन् ।

उ पनि निर्धक्क भएर पोज दिने गर्दछ । पुष्पा र अञ्जलीलाई कोशी लगेपछि अहिले सौराहा वरपरको क्षेत्रमा मेघौली डुल्ने गर्दछ । कहिले होटल भित्रै त कहिले बैंकको एटीएम काउन्टर भित्रसमेत पस्ने गर्दछ ।

खानाका लागि कहिलेकाहीँ किसानको खेतवारीमा समेत जाने गर्दछ । लगाएको खेती खाइदिँदा किसानहरु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?