मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थपियो नाटक ‘मासिन्या’को मञ्चन

काठमाडौँ– नाटक ‘मासिन्या’को मञ्चन थपिएकोे छ । दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटकको मञ्चन थपिएको ताम्सालिङ संघर्ष समित सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए ।

माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमवार बाहेक मञ्चन हुनेछ ।
माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई ४ हजार भन्दा दर्शकहरु हेरिसकेको मण्डला बक्स अफिसले जनाएको छ ।

नाटक हेर्नका लागि उपत्यका बाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमक लगायतका स्थानहरुबाट दर्शकहरु आएका छन् । नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शकहरु सहभागी भएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए ।

‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैर तामाङहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ’, ‘उनले भने,‘यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो ।’

’नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत(रामबहादुर तामाङ) छन् । समुदाय विशेष कथा नाटकमा लिएर आएको समूहको यो पहिलो प्रयास भएकोले दर्शकको अभाव पर्ला कि भन्ने अनुमान थियो । अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक राबतले सुनाए ।

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?