मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् दैनिक व्यायाम गर्नुका फाइदा

पछिल्लो समय मानिसहरूले आफ्ना अन्य कामहरूमा समय छुट्ट्याए जसरी व्यायाम गर्नेका लागि पनि समय छुट्ट्याउन थालेका छन् । 

वास्तवमै व्यायाम मानव शरीरको लागि निकै आवश्यक पनि छ । यदि तपाई निरोगी बन्न चाहनुहुन्छ भने व्यायामलाई आफ्नो दैनिकीमा समेट्न चिकित्सकहरू सुझाव दिन्छन् । 

व्यायाम गर्नुका फाइदाहरू :

–व्यायामले शारीरिक तौल सन्तुलित राख्न मद्दत पुर्‍याउँदछ । नियमितरूपमा व्यायाम गर्दा मोटोघाटाहरूको तौल घट्ने र दुब्लापातलाहरूको तौल बढ्दछ ।

–व्यायामले मुटु, रक्तनली तथा श्वासप्रश्वासका अङ्गहरूलाई स्वस्थ राख्न मदत पुर्‍याउँछ । 

–नियमित व्यायाम गर्दा रगतमा नराम्रो कोलेस्ट्रोल घटेको र राम्रो कोलेस्ट्रोल बढेको पाइएको छ, फलतः मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिम कम हुन जान्छ । उच्च रक्तचाप घटाउन र निम्न रक्तचाप बढाउन व्यायामले सहयोग पुर्‍याउँछ भने मधुमेह नियन्त्रणमा पनि व्यायामले अहम् भूमिका खेल्छ ।

–तनाव नियन्त्रणमा व्यायामको ठुलो हात छ । व्यायाम गरेरै चिन्ता, नैराश्य, भय र उदासीनताजस्ता मानसिक समस्याहरूमाथि लगाम लगाउन सकिन्छ ।

व्यायाम गरिसकेपछि मुड फ्रेस  हुन्छ, आत्मविश्वास र सिर्जनशीलता बढ्छ, स्मृति, लय, ध्यान र एकाग्रताजस्ता मानसिक प्रक्रियाहरू तन्दुरुस्त हुन्छन् । लामो समयसम्म व्यायाम गर्दा मस्तिष्कको संज्ञानात्मक क्षमतामा ह्रास हुन पाउँदैन ।

– मांसपेशी, अस्थिपञ्जर र स्नायु प्रणालीलाई मजबुत बनाउँदछ । रक्त शुद्धीकरण गराउँदछ । पाचन क्षमता बढाउँछ । अपच, अजीर्ण, अम्लपित्त ग्यास्ट्रिक, कब्जियतजस्ता समस्या निराकरण गर्न मदत पुर्‍याउँछ ।

–कुलतबाट छुटकारा पाउन पनि व्यायामले मदत पुग्छ ।

–व्यायाम गर्ने बानीले शारीरिक मानसिक र यौन क्षमता समेत बढाउँदछ ।

–क्यान्सर प्रतिरोधकता बढाउन पनि व्यायामले सहयोग पुग्दछ ।

–नसर्ने रोगहरूको रोकथाममा ठुलो टेवा पुर्‍याउँछ ।

–अनिद्राको समस्या भएकाहरूलाई विशेष लाभ  पुर्‍याउँछ ।

–चाँडै बुढो हुन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?