मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

यी हुन् बलिउडका उत्कृष्ट दश ‘लभ स्टोरी’ फिल्म

काठमाडौँ– यतिबेला भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । भ्यालेन्टाइनमा तपाईं आफ्नो प्रिय व्यक्तिसँग बसेर प्रेम साटासाट गर्नुहुन्छ । भ्यालेन्टाइन स्पेशलमा प्रेमिल पुस्तक दिने, गिफ्ट साटासाट गर्ने साथै आफ्नो प्रिय व्यक्तिसँग बसेर फिल्म हेर्ने चलन पनि हुन्छ ।

हामीले ‘भ्यालेन्टाइन विक’ मा तपाईंलाई यस्तै सामग्रीहरु सिफारिस गर्दै आएका छौँ । आज हामीले उत्कृष्ट प्रेमकथामा आधारित रहेर निर्माण गरिएका उत्कृष्ट दश फिल्मका बारेमा जानकारी दिँदैछौँ । यी फिल्म तपाईंका लागि विशेष बन्न सक्छन् ।

बर्फी

सन् २०१२ मा प्रदर्शनमा आएको अनुराग बसु निर्देशित फिल्म ‘बर्फी’ मा प्रियंका चोपडा, रणवीर कपूर र इलियाना डिक्रूजले मुख्य भुमिका निर्वाह गरेका छन् । यस फिल्ममा प्रेम र विछोडको कथा समेटिएको छ । यो फिल्म भारतमा मात्र नभएर नेपालमा पनि निकै चर्चा कमाउन सफल फिल्म हो । फिल्ममा नेपाली अभिनेता भोलाराज सापकोटाले रणवीर कपूरको साथीको भूमिकामा अभिनय गरेका छन् ।

ए दिल हे मुस्किल

सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्मको कथाले प्रेमको परिभाषा, आकार, प्रेमले मानिसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा सिकाएको छ । करण जोहरले निर्देशन गरेको उक्त फिल्ममा रणवीर कपुर, ऐश्वर्या राय तथा अनुष्का शर्माले मुख्य मुख्य भूमिका निर्वाह गरेका छन् ।

राम लीला

विलियम शेक्सपियरको ‘रोमियो एण्ड जुलिएट’ लाई राम र लीलाको रुपमा रुपान्तरण गरी निर्माण गरिएको यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको हो । फिल्ममा राम र लीलाको अजिबको प्रेम प्रस्तुत गरिएको छ ।

सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्ममा दीपिका पादुकोण र रणवीर सिंहको शीर्ष भूमिका छ । फिल्ममा रामको भूमिकामा देखिएका रणवीर सिंह र लीलाको भुमिकामा रहेकी दीपिका पादुकोण एकअर्काको प्रेममा पर्छन् तर पछि गएर उनीहरु एकअर्कावाट टाढा बस्नुपरेको कथा छ ।

आशिकी २

सन् २०१३ मा प्रदर्शनमा आएको अर्को उत्कृष्ट फिल्म हो, आशिकी २ । फिल्ममा निस्वार्थ र स्वच्छ भावनाले भरिएको प्रेमलाई प्रस्तुत गरिएको छ । मोहित सुरी निर्देशित यो फिल्ममा श्रद्धा कपूर र आदित्य रोय कपुरले अभिनय गरेका छन् ।

फिल्ममा राहुल जयकरको भूमिकामा रहेका आदित्य रोय कपुर गायिका आरोहीको भुमिकामा रहेकी श्रद्धा कपूरको प्रेममा पर्छन् तर आदित्यको रक्सी पिउने समस्याले उनीहरूको सम्बन्ध खतरामा परेको कथा समावेश गरिएको छ ।

ये जवानी हे दिवानी

अयान मुखर्जीले निर्देशन गरेको यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको हो । फिल्मलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

फिल्ममा रणवीर कपूर, दीपिका पादुकोण, कल्की कोचलिन र आदित्य रोय कपुरको अभिनय रहेको छ । फिल्मले प्रेम र मित्रतालाई कसरी मनाउँछ भन्ने विषय उठाएको छ ।

मनमर्जिया

नयाँ जमानाको रोमान्स समेटिएको यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको हो । फिल्मले पात्र रुमीको जीवनको वर्णन गर्दछ । जुन उनको पूर्वप्रेमी र पतिका बीचमा छरिएको सम्बन्धमा केन्द्रित छ ।

नयाँ युगको प्रेमकथामा आधारित यो फिल्ममा तापसी पन्नु, अभिषेक बच्चन र विक्की कौशलको अभिनय रहेको छ । अनुराग कश्यपले निर्देशन गरेको यो फिल्ममा व्यक्तिले सामना गर्ने भ्रम र भावनालाई चित्रण गरिएको छ ।

जव वी मिट

सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘जब वी मेट’ भारतीय हिन्दी भाषाको रोमान्टिक कमेडी फिल्म हो । यो फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहेको छ ।

तमासा

भारतीय फिल्म उद्योगमा मुख्य रोमान्टिक लभस्टोरी फिल्मका रुपमा लिइने यो फिल्म सन् २०१५ मा प्रदर्शनमा आएको हो । फिल्ममा हाम्रो दैनिक जीवनमा कति साना कुराहरुले पनि प्रभाव पार्छ भन्ने देखाइएको छ ।

इम्तियाज अलीको अिर्देशनमा बनेको यो फिल्ममा रणवीर कपुर र दीपिका पादुकोणको शीर्ष भूमिका छ ।

दम लगाके हैसा

फिल्म ‘दम लगा के हैसा’ मा भूमि पेड्नेकर र आयुष्मान खुरानाको मुख्य अभिनयमा छ । सन् २०१५ मा प्रदर्शन गरिएको यो फिल्म रोमान्टिक विधामा बनेको छ । निर्देशक शरत कटारियाले यस फिल्मलाई निर्देशन गरेका थिए ।

ब्रेक के बाद

दानिश असलमद्वारा निर्देशित यो फिल्म सन् २०१० मा प्रदर्शनमा आएको हो । फिल्ममा दीपिका पादुकोण र इमरान खान रोमान्टिक लभ स्टोरी प्रस्तुत गरिएको छ । साथै फिल्ममा अभय गुलाटी र आलिया खानको प्रेमकथालाई प्रस्तुत गर्न खोजिएको छ । यो फिल्म रिलिज हुनासाथ निकै हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?