मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन जतिखेरै बलिरहन्छ दुई पाङ्ग्रे सवारी साधनको हेडलाइट ?

काठमाडौँ – अहिले बजारमा आएका दुई पाङ्ग्रे सवारी साधन हेडलाइटको हेडलाईट सधै बलिरहेको हुन्छ । खास गरी सन् २०२० यता बनेका मोटरसाइकल तथा स्कुटरहरूमा यो फिचर उपलब्ध छ भने यसलाई बन्द गर्न समेत मिल्दैन । 

यसलाई प्राविधिक भाषामा अटोमेटिक हेडलाइट अन (एओएच) प्रविधि भनिन्छ । यसको मुख्य काम भनेको दुर्घटना न्यूनिकरण हो । 

अहिले पनि सडक दुर्घटनामा पर्ने अधिकांश सवारी साधन दुईपाङ्गे नै छन् ।

हुनपनि धुवा, मुस्लो, हुस्सु, कुहिरो जस्तो प्रतिकूल मौसमको अवस्थामा यस्ता साना सवारी साधन देखिँदैनन् भने यही कारण टाढाको दूरीबाट समेत मोटरसाइकल तथा स्कुटर आइरहेको छ कि छैन यकिन गर्न मुस्किल पर्छ ।

निरन्तर बलिरहने हेडलाईटले यो खतरा कम गर्छ । यही कारण धेरै देशहरूमा यसलाई अनिवार्य गरिँदा यो सडक सुरक्षा अभिवृद्धि गर्न प्रभावकारी समेत देखिएको छ। 

यसले ब्याट्रीमा समेत केही असर गर्दैन । यद्यपि उर्जाको खपत भने केही बढाएको छ । जसले गर्दा दुई पाङ्ग्रे सवारी साधनको कूल माइलेजमा प्रतिलिटर करिब एक किलोमिटरको रेन्ज घटाएको अनुमान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?