मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज ‘प्रमिस डे’, जीवनसाथीसँग गर्नुहोस् यी सुन्दर ६ वाचा

काठमाडौँ – भ्यालेन्टाइन डे को पाँचौँ दिन आज प्रमिस डे का रूपमा मनाइन्छ । यो दिनलाई प्रेमीप्रेमीकाले  एकले अर्कालाई जिन्दगीभर साथ दिने कसम खाने दिनको रूपमा मनाउने गर्दछन् । 

यसले सम्बन्धमा एकअर्काप्रति विश्वास दर्साउँछ भने यसरी गरिने बाचाले सम्बन्धमा थप मिठास भर्छ र सम्बन्ध बलियो बन्छ । प्रेमील जोडीहरूको लागि यो दिनले धेरै महत्त्व राख्छ ।

यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने वचन गर्नुहोस् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्नुहोस् ।

एक अर्कासँग प्रेमसम्बन्ध इमानदारिताको साथ निभाउने सङ्कल्प गर्नुहोस् । आफ्ना जीवन साथीलाई यस्ता कुराको बाचा दिनुहोस् जसले तपाईँलाई तपाईँको जीवनसाथीले जिन्दगीभर विश्वास गर्न बाध्य बनाओस्।

म सधैँ तपाईँलाई माया गर्नेछु

सधैँ जिन्दगीको यात्रा एकनासको हुँदैन।यसमा फेरबदल भइरहन्छ।कतिपय प्रेमील जोडी यसको सिकार हुन पुग्छन्। जसले गर्दा उनीहरूको जिन्दगी नै फिक्का बनिदिन्छ।एक अर्काप्रति असमझदारी र विश्वासघात बढ्दै गयो भने यसले जिन्दगीलाई नसोचेको ठाउँमा पुर्‍याइ दिन्छ। त्यसैले आजको दिन तपाई आफ्ना जीवनसाथीसँग जिन्दगीलाई प्राथमिकतामा दिन्छु भनेर वाचा गर्नुहोस्।ताकी तपाईँहरूबिच प्रेम अझ प्रगाढ बनोस्

कहिल्यै बदलिने छैन

कतिपय प्रेमजोडी एकातिर रिलेसनमा रहेका हुन्छन् भने अर्कोतिर दोस्रो पार्टनरको खोजीमा हुन्छन्।यसले गर्दा उनीहरूको प्रेम लामो समयसम्म टिक्न सक्दैन।त्यसैले आजकै दिन तपाई आफ्नो प्रेमी वा प्रेमिकासँग कहिल्यै नबदलिने बाचा गर्नुहोस्।जसले गर्दा तपाईँको जोडीबिच सधैँ माया प्रेम रहिरहोस्।

सधैँ साथ दिनेछु

जीवनमा जस्तोसुकै परिस्थित आएपनि तिम्रो साथ कहिल्यै छोड्ने छैन।सधैँ तिमीलाई साथ दिनेछु।

आमा बुबालाई सम्मान गर्नेछु

महिला होस् या पुरुषको अभिभावक वा उसको परिवारसँग अति नै माया हुन्छ।त्यसैले हरेक व्यक्ति यही चाहन्छ की उसको पार्टनरले आफ्नो अभिभावकलाई पनि माया गरिदेओस्, इज्जत गरिदेओस्।यस कारण यस प्रमिस डेमा आफ्नो पार्टनरलाई आफ्ना अभिभावकको इज्जत गर्नुपर्छ भनेर भन्न कन्जुस्याइँ नगर्नुहोस्।

सल्लाहबिना कुनै कामको निर्णय लिने छैन

जिन्दगीमा कुनै पनि कुराको निर्णय गर्नुभन्दा पहिले आफ्नो जीवनसाथीसँग सल्लाह लिँदा निकै फाइदा हुन्छ।त्यसैले सानो होस् या ठूलो जुनसुकै निर्णय गर्दा तिम्रो सहमतिबिना गर्ने छैन। 

हरेक समयमा साथ दिनेछु

कतिपय मानिस खुसीको समयमा मात्रै साथ दिने गर्छन्। सानो अप्ठ्यारो पर्दा पनि आफ्नो जीवनसाथीलाई छोडिदिन्छन्। त्यसैले प्रमिस डेमा सुखमा मात्रै होइन दुखमा पनि साथ दिन सक्नुपर्छ भनेर बाचा गर्नुहोस् गराउनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?