मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पासपोर्टको फोटोमा छोराले दाह्री जुंगा बनाइदिएपछि…

काठमाडौं- एउटा चार वर्षको बालकले राहदानीमा केरमेट मात्र होइन उपद्रो नै मच्चाएपछि बुबा दक्षिण कोरियामै अलपत्र बनेका छन् ।

ती अबोध बालकले जानेर भन्दा पनि रमाइलोका लागि यस्तो गरेको राहदानीमा कोरिएका चित्रहरुबाट प्रष्ट हुन्छ । बालकले पासपोर्टमा मानिस, जनावर र बुबाको तस्वीरमा दाह्री जुंगा समेत बनाउन भ्याएका छन् ।

पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने भन्दै दक्षिण कोरियामै रोकेको जनाइएको छ ।

ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सार्वजनिक गरेका हुन् । जुन पासपोर्ट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पासपोर्टमा यसरी केरमेट गरिएको छ कि त्यहाँ बुबाको नाम चेन बाहेक अरु स्पष्ट देखिँदैन ।

बालको गल्तीले अहिले उनीहरु अप्ठेरोमा परेका हुन । ती बालकले बुबाको पासपोर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त रहेका बेला यस्तो समस्या निम्तिएको हो । भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपोर्टको पछिल्लो पानामा कालो मसीले यस्तो उपद्रो मच्चाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?