मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शिक्षासँगै संस्कार चाहियो’

असल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् ।

चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को वार्षिक प्रदर्शनी, २०८० मा अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले संस्कारसहितको शिक्षाले विचार, व्यवहार र आचरण दिने भएकाले शिक्षालयहरूले यस पक्षलाई भुल्न नहुने बताएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वामी डा केशवानन्द गिरीले मानिसले जतिसुकै ठूलो शिक्षा हासिल गरे पनि उसमा आचरण र व्यवहारको संस्कार नभएकाले त्यसको जीवन निरर्थक हुने भएकाले शिक्षालय सञ्चालक, शिक्षक र अभिभावकले यसलाई गम्भीरतापूर्वक मनन् गनुपर्नेमा जोड दिए ।

उनले ‘एपेक्स लाइफ स्कुल’ले संस्कृत र नैतिक शिक्षासमेतलाई पढाउने र व्यवहारमा अपनाउन उद्धत गराएकोमा प्रशंसा गर्दै यस्ता पक्षलाई अन्य विद्यालयले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?