मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१४ घण्टासम्म लगातार सेक्स, लगत्तै मृत्यु !

काठमाडौं- एउटा यस्तो जीव जुन जीवको शारीरिक सम्पर्क लगत्तै मृत्यु हुने गरेको छ । मर्स्युपाइल प्रजातिको त्यो जीव अस्ट्रेलियामा पाइन्छ ।

त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार, वैज्ञानिकले त्यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका छन् । सन् २०१३ मा पहिलोपटक यो प्रजातिका जीवको खोजी गरिएको थियो ।

कालो पुच्छर र फुस्रो रंगको शरीर भएको यो जीव सेक्समा एकदमै रुचि राख्ने गर्छ । सोही कारण यिनीहरुको ज्यान नै जाने गर्छ भने यसलाई वैज्ञानिकहरुले आत्महत्यासँग तुलना समेत गरेको बताइएको छ । यो प्रजातिमा दिनमा लगातार १४ घण्टासम्म सेक्स गर्ने क्षमता हुन्छ ।

वैज्ञानिकहरुका अनुसार लगातार सेक्सकै कारण यिनीहरुको शरीरबाट धेरै मात्रामा हर्मोन निस्किन्छ । सेक्सको लागि यिनीहरु आफूलाई रोक्न नै सक्दैनन् । यसैले गर्दा यिनीहरुको ज्यान नै जाने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?