मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फुटबलमा ‘निलो कार्ड’ परीक्षण गरिँदै, पाए के हुन्छ ?

काठमाडौं- विश्व फुटबल महासंघ फिफाले निलो कार्डको प्रयोगबारे तयारी थालेको छ । फिफाको आगामी साधारणसभामा निलो कार्डको प्रयोगबारे छलफल हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगमी मार्च १ मा फिफाको साधारणसभा डाकिएको छ ।

फुटबलमा हाल पहेँलो र रातो कार्ड प्रचलनमा छ । सामान्य रुपमा खेलको नियम उल्लङ्घन गर्नेलाई चेतावनीस्वरुप पहेँलो कार्ड दिने गरिएको छ भने गम्भीर उल्लङ्घन गर्नेलाई रातो कार्ड दिइन्छ ।

रातो कार्ड पाएका खेलाडीले मैदान छाडेर जानुपर्ने प्रावधान छ । कुनै खेलाडीले खेलका क्रममा नियमको उल्लङ्घन गरेमा १० मिनेटका लागि मैदानबाहिर पठाउन सक्नेगरी निलो कार्ड प्रचलनमा ल्याउन लागिएको हो ।

टेलिग्राफले अब निलो कार्डको परीक्षण चाँडै नै सुरु हुन लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?