मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोही किन भकभकाउँछ ? यस्तो भए के गर्ने ?

काठमाडौं- बाल्यकालमा केटाकेटीले तोते बोल्नु वा भकभकाउनु सामान्य भएपनि कतिपयमा भकभकाउने (स्ट्यामरिङ) समस्या जीवनभर नै रहन्छ । यो समस्याबाट पीडितहरु स्कुल, कलेज, सभासम्मेलन, समुदाय, आफिस, यात्रामा समेत हाँसी मजाकको पात्र बन्न पुग्छन् ।

बोल्ने प्रक्रियामा हाम्रो शरीरका सयभन्दा बढी मा्रशपेशीले एकसाथ काम गर्दछन् । यी सबै मांशपेशीहरुको आपसी तालमेल र समन्वय ठिकसँग नमिल्दा यस्तो समस्या देखा पर्छ ।

यदि कुनै प्रकारको मानसिक तनाव, डर, भय, दबाव वा हिनताबोधले बोल्दा पनि उच्चारण बिग्रिन सक्छ । बोल्दा आफूले चाहेको शब्दको उच्चारण सरल र स्पष्ट रुपले गर्न नसक्नु, रोकिएर बोल्नु, अकमकाउने बानी भएकालाई सामान्य शब्दमा भकभकाउने भनिन्छ । विश्वमा यस्तो समस्याबाट पीडित कुल जनसंख्याको एक प्रतिशत वयस्क रहेको अनुमान गरिएको छ ।

भकभकाउदा के हुन्छ ?

बोल्ने क्रममा ब्यक्तिले बोल्न खोजेको पहिलो शब्दको उच्चारण गर्दा नै कठिनाइ महसूस हुन्छ भने कसैलाई बीचको वा अन्ततिरको शब्द पुरा गर्न अप्ठ्यारो हुन्छ । शब्दको उच्चारण पूर्व नै अनुहारको मांशपेशीहरुमा स्वतः संकुचन आउँछ । जसले गर्दा बोल्नको लागि बल लगाउनु पर्ने हुन्छ । यसको पीडा स्वयम् यस समस्याबाट पीडितलाई मात्रै थाहा हुन्छ । यो समस्या महिला पुरुष दुबैमा देख्न सकिन्छ । तर, महिलाको तुलनामा पुरुषहरु यो समस्याबाट धेरै पीडित हुन्छन् ।

भकभकाउने कारण

यदि कसैको परिवारमा कसैमा यस समस्या भएको इतिहास छ भने अन्य सदस्यमा पनि भकभकाउने समस्या हुनसक्छ ।

भक–भकाउने कुनै साथी भाई वा कुनै व्यक्तिको नक्कल गर्दागर्दै पनि बानी बस्न सक्छ ।

छिटो–छिटो बोल्ने बानी, तनाव र त्रासको अवस्था र आवेगमा पनि यस्तो हुनसक्छ ।

मस्तिष्कमा रहेको बोल्नका लागि प्रयोग हुने स्नायुहरुको गडबडीको कारणले यो समस्या उत्पन्न हुन सक्छ ।

यसको साथै जिब्रो र ओठ आवश्यकता अनुसार चलाउन नसक्नुका कारणले पनि यस्तो समस्या आउन सक्छ ।

रोगको निदान

हुन त यस्तो समस्या भएका व्यक्ति पहिचान सजिलैसित गर्न सकिन्छ । तर, वास्तविक बोलीसँग सम्बन्धित रोगभ एको ब्यक्तिको परिक्षण सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा नै गराउनु पर्छ । यदि तपाईमा पनि यस किसिमको समस्या भएको जस्तो लाग्छ भने यस कुराको पुष्टी गर्नको लागि चिकित्सकसँग सम्पर्क गर्नुस् ।

सल्लाह

बोल्नमा समस्या भएका ब्यक्तिले–बिस्तारै बोल्ने अभ्यास गर्ने

शब्दको उच्चारणमा ध्यान दिने

कुन शब्दको उच्चारणमा कठिनाइ महसूस हुन्छ, त्यस्ता शब्दहरुलाई नोट गर्ने र उच्चारण गर्ने अभ्यास गर्ने । साथै सिंहासन, हलासन, धनुषासन, मत्सयासन आदि योगाभ्यासहरु गर्ने

के नगर्ने

यो समस्याबाट पीडित भएका ब्याक्तिहरुले चिया, कफी, खैनी, पानपराग, गुटखा, धुम्रपान, मधपान तथा डिब्बा बन्द खाद्य पदार्थको सेवन गर्नु हुँदैन ।

उपचार

सामान्य भकभकाउने बानीलाई केही दिन वा महिनाको स्पिचथिरापिको नियमित अभ्यास तथा प्रशिक्षणद्वारा समाधान गर्न सकिन्छ । तर, मानिस पूर्ण रुपमा बोल्न नसक्ने गरि कुन्ठित हुने गरी समस्या बढ्दै गयो भने सम्बन्धित चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । उपचारमा कति समय लाग्छ भन्ने कुरा बिरामीको उमेर, शारीरिक अवस्था र बिरामीले गर्ने अभ्यासमा भर पर्छ । यसमा बिरामीको आमाबाबु तथा आफ्न्तहरुको पनि भावनात्मक सहयोग महत्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?