मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाहरुको मात्र शासन चलाउने देश, पुरुषहरु दास बराबर !

जोयनेपाल
182
Shares
सांकेतिक तस्वीर ।

अहिलेको जमानामा पनि विश्वमानै पितृसत्तात्मक प्रबृत्तिले छाडेको छैन । विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका छन् भन्ने आवाज चौतर्फी सुनिदै आएको छ । तर, विश्वमा एउटा यस्तो देश छ, जहाँ पुरुषमाथि महिलाले शासन गर्छन् ।

अझ भनौं पुरै महिलाहरुको शासन चल्दछ त्यो देशमा अनि पुरुषहरु भने सँधै महिलाको गुलामी गर्न बाध्य हुन्छन् ।

यो अनौठो देशको नाम हो – अदरवर्ल्ड किंगडम । तर, सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।

अहिले यो देशमा रानीले शासन चलाउँदै आएकी छिन् । ती रानीको नाम प्याट्रिसिया प्रथम हो । अहिले उनकै राज छ, त्यो देशमा । त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइन्छ भने पुरुषहरु त केवल महिलाका दास मात्र हुन्छन् ।

अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् । यति सम्मकी त्यहाँका पुरुषहरुले रक्सी पिउनुअघि समेत आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्छ । अनिमात्र रक्सी पिउन पाउँछन् पुरुषहरु ।

यतिमात्र होइन, महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । यदि कुनै पुरुषले आफुखुसी काम गरे कानून लाग्छ र उनीहलाई कारवाही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?