परम्परा पनि कस्तो अचम्मको श्रीमानको मृत्युमा श्रीमतिले नग्न भएर नाच्नुपर्ने । यो परम्परा छिमेकी राष्ट्र चीनको हो ।
चीनमा एउटा त्यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको समयमा उसका परिवारहरुले नाचगान गर्नुपर्छ । नाचगान मात्रैमा पनि परम्परा सकिँदैन यदि श्रीमानको मृत्यु भएको छ भने श्रीमतीले नग्न भएर समेत नाच्नुपर्छ ।
यद्यपि चीनमा सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप भने पाएको छ । अहिले महिलाहरुले आफ्नो पतिको मृत्युसँगै नग्न नर्तकीहरु बोलाउँछन् । अनि तीनिहरुलाई नै नाच्न लगाउँछन् ।
किन यसरी नग्न नाचीन्छ त ? यो परम्पराका पछाडि पनि छुट्टै तर्क छ । अन्त्येष्टिको समयमा नग्न नाच देखाउनु भनेको मृतकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ ।
यस्तो नाच देखाउनाले मलामीहरुको संख्या धेरै हुने समेत विश्वास गरिँदै आएको छ । अनि तीनिहरुको परम्परामा जति धेरै मलामी भयो मृतकको आत्माले उति नै शान्ति प्राप्त गर्ने विश्वास पनि रहँदै आएको छ ।
हुन त चीन सरकारले यो परम्परालाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । तर पनि कतिपय स्थानमा यो परम्परा रोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया