मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कप्तान रोहित र देव खनालको अर्धशतक पूरा

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका देव खनाल र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

यू १९ टिमका कप्तानसमेत रहेका देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले चार चौका र दुई छक्का प्रहर गरे ।

त्यसैगरी, कप्तान रोहित पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?