मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन पर्छ टाउकोमा जुम्रा ?

काठमाडौँ– जाडो मौसममा विशेषगरी बालबालिका र बूढाबूढीमा धेरै जुम्रा पर्ने समस्या देखिन्छ । जाडोमा टोपी लगाउँदा र समयमा सरसफाइ नहुँदा जुम्रा पर्ने गर्छ ।

जुम्रा कपालमा मात्र हैन शरीरका अन्य अंग जिउ र गुप्ताङ्गमा फरकफरक प्रकारका जुम्रा पर्छन् ।

जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ ।

जुम्रा परेपछि जिउ तथा टाउको बेसरी चिलाउने हुन्छ । जुम्रा विशेष गरी लामो र बाक्लो कपालमा हुने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ ।

कपालको जरासँगै पर्ने लिखाले टोकेको ७ वटा जुम्राले टोके बराबर हुन्छ भनिन्छ । छाला रोग विशेषज्ञका अनुसार कपालको जरामा लिखा टाँसिएको छ भने सङ्क्रमण भएको मान्ने गरिन्छ । सामान्यतया जुम्राको आयु ३० दिनको हुन्छ ।

यसरी हटाउन सकिन्छ जुम्रा र लिखा :

जुम्राबाट छुटकारा पाउने औषधि बजारमा धेरै पाइन्छ । जुम्रा परेको बेलामा घेरै घरेलु उपायहरू अपनाएर पनि हटाउन सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिला राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा रहेको जुम्रा र ससाना अण्डाहरू हटाउन सकिन्छ ।

कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

कपाललाई कम्तीमा पनि साताको दुईपटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्यून हुन्छ ।

घरेलु रूपमा पूजा गर्ने कपुरलाई तोरीको तेलमा भिजाएर राति सुत्ने बेला लगाउने र बिहान उठेर नुहाउँदा पनि जुम्राबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?