मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् गर्भवती महिलाले खानुपर्ने खानाहरू 

एक महिलाको लागि नौ महिनाको गर्भावस्था निकै महत्त्वपूर्ण र संवेदनशील विषय हुन्छ । यो अवस्थामा महिलाहरूले आफ्नो खानपानमा पनि निकै ध्यान दिनुपर्दछ । यति बेला पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ ।

गर्भावस्थामा खानुपर्ने खानाहरू :

–गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्त्वको जरुरी हुन्छ । यसको परिपूर्तिका लागि माछा मासु, अण्डा, गेडागुडी, सागसब्जी र फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । 

–गर्भावस्थामा दहीको सेवन गर्नु राम्रो हुन्छ  । दही प्रोटिन प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । दहीमा पाइने क्याल्सियमले गर्भवती महिलाको हड्डी बलियो पार्नुका साथै शिशुको हड्डी विकासमा मद्दत गर्छ । दहीमा स्याउ, केरा तथा विभिन्न फलफूल मिसाएर खानु फाइदाजनक हुन्छ ।

–गर्भवती महिलाका लागि खिचडी अर्को उत्तम खानेकुरा हो । दाल, चामल, मटरकोसा, गाँजर, आलु, गोलभेंडा, बोडी, प्याज र धनियाँ मिसाएर बनाइएको खिचडी पौष्टिक तत्त्वले भरपुर हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन फाइबर सबै पोषण समावेश हुन्छ ।

–गर्भवती महिलालाई चुकन्दर, पालक र पालुंगो उपयुक्त खानेकुरा हुनसक्छ । यसमा भरपुर मात्रामा आइरन पाइन्छ । यसले आमा र बच्चामा रगतको कमी हुन दिँदैन र रक्तसञ्चार राम्रो बनाउँछ ।

–गर्भवती महिलाको लागि दूध वा दुग्धजन्य पदार्थ उपयुक्त मानिन्छ । दही, पनिर, चीज, घिउको दैनिक उपभोग गर्न सकिन्छ । यसमा गर्भवती महिलालाई आवश्यक प्रोटिन भरपुर मात्रामा पाइन्छ । गर्भवती महिलाले बिहान र बेलुका गरी दिनमा एक लिटर दूध पिउनुपर्छ ।

–पहेँलो फलफूल पनि गर्भवती महिलाको लागि सर्वोत्तम खानेकुरा हो । आँप, केरा लगायत फलफूलमा भिटामिन ए र सी भरपुर मात्रामा पाइनुका साथै एन्टिअक्सिडेन्ट गुण पनि भरपुर हुन्छ ।

–दैनिक खाइने दाल भात तरकारीसँगै भिन्डी, दालसँग मिसाएर कुरिलो, कुखुराको कलेजो, फर्सीको बीउ, सूर्यमुखीको बीउ, एभोकाडो, ब्रोकाउली खान सकिन्छ । यी खानेकुरामा भरपुर फोलिक एसिड पाइन्छ ।

यो बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि अति आवश्यक हुन्छ । यसले रक्तकोशिका बनाउन मद्दत गर्छ । र, सुत्केरीका बेला हुने पीडालाई कम गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?